१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

एनआरएनएको ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ।

काठमाडौंको एक होटलमा हुने सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

नयाँ नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनमा अध्यक्ष पदका लागि पाँच जनाले दाबी गरेका छन्।

वतर्मान कार्यसमितिका अध्यक्षद्वय बद्री केसी र रविना थापासहित उपाध्यक्ष आरके शर्मा, महेश श्रेष्ठ र उपमहासचिव विनय अधिकारीले पनि अध्यक्ष पदमा दाबी गरेका हुन्।

नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रको समर्थनमा केसी, श्रेष्ठ र शर्माले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन्।

आजै अपराह्नदेखि भोलिसम्म विश्व ज्ञान सम्मेलनमा महिला र युवा विषयक सत्र पनि सञ्चालन हुनेछ। महाधिवशेनका लागि अधिवक्ता यादव ढुंगानाको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ। महाधिवेशनमा कुल ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद् पदाधिकारीका लागि निर्वाचन हुनेछ।

विश्वभरबाट सङ्घमा सूचीकृत सदस्यको सङ्ख्या ९६ हजार ८ सय ५० छ। एनआरएनएको निर्वाचनमा कात्तिक २ गते २४ घन्टा अनलाइनबाट मतदान गर्न सकिने व्यवस्था गरिएको छ।

सम्मेलनमा नेपाल सरकारका प्रतिनिधि, विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधि, एनआरएनका अभियन्ता र स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तित्वलगायत करिब चार हजारभन्दा बढीको सहभागिता रहने एनआरएनएले जनाएको छ।

प्रकाशित: ३० आश्विन २०८० ०२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App