परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलमा हमासको आक्रमणमा अज्ञात रहेका विपिन जोशी खोज्नका लागि हमाससँग सम्पर्कमा रहेका अन्य देशलाई पनि आग्रह गरेको बताएका छन्।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले अज्ञात विपिन जोशीको खोजि भइरहेको र त्यसका लागि इजरायल र अन्य सरकारहरुसँग समन्वय गरी खोजिरहेको बताए।
इजरायल सरकार बाहेकका अन्य खाडीका सरकारहरुसंग पनि समन्वय गरेर खोजि भइरहेको उनको भनाइ छ। हमास समूहसँग सम्पर्कमा रहेका देशहरुसंग समन्वय गरेर खोजि गर्ने काममा सरकारले तिब्रता दिएको उनले बताए।
प्रकाशित: २९ आश्विन २०८० ११:४० सोमबार