११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

मोरङमा कारको ठक्करबाट पैदल यात्रीको मृत्यु

मोरङको उर्लाबारी नगरपालिका–७ स्कुल डाँडामा शुक्रबार राति कारले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ।

उर्लाबारी–७ का ५६ वर्षीय वोधविक्रम मुखियालाई कारले ठक्कर दिएको थियो। कारको ठक्करबाट घाइते भएका मुखियाको शुक्रबार राति मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए।

बागमती प्रदेश ०१–०२६ च ६२८८ नम्बरको कारले राति ८ बजेतिर ठक्कर दिँदा घाइते भएका मुखियाको उपचारका क्रममा झापाको विर्तामोडस्थित बि.एन्ड.सी अस्पतालमा राति साढे ९ बजेतिर मृत्यु भएको हो।

घाइते भएका मुखियालाई उपचारका लागि तत्कालै उर्लाबारीकै अरनिको अस्पतालमा लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि विर्तामोड लगिएको प्रहरी निरीक्षक न्यौपानेले बताए।

दुर्घटना लगत्तै कार र चालक भक्तपुरको सूर्य विनायक नगरपालिका–९ का ३३ वर्षीय भाष्कर गुरागाईंलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालेको ट्राफिक प्रहरीले जनाएको छ। 

प्रकाशित: २७ आश्विन २०८० ०९:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App