१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

एमाले सुदूरपश्चिमको अध्यक्ष सहित पदाधिकारी सर्वसम्मत

पाँच दिनको प्रयासपछि नेकपा एमाले सुदूरपश्चिम प्रथम अधिवेशनबाट अध्यक्षसहित पदाधिकारी सर्वसम्मत चयन भएको छ। अध्यक्षमा कृष्णराज जैशी, उपाध्यक्षमा काली प्रसाद शाही, सचिवमा रणबहादुर चन्दलगायतका पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन्। अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व चयनको निर्देशन दिएका थिए।

लागूऔषध विरुद्ध लालटिन अभियान

सुरक्षित कर्णाली अभियान अन्तर्गत प्रदेश प्रहरी कार्यालयले लागूऔषध विरुद्ध लालटिन अभियानको शुभारम्भ गरेको छ। अभियानबाट टोल, वडा, पालिका, जिल्ला र प्रदेशस्तरीय लागूऔषधविरुद्ध संयन्त्र गठन गरी आम नागरिकसँग सहकार्य गर्ने र प्रदेश भित्रिने मुख्य नाकाहरूमा निगरानी समूह परिचालन गरिने भएको छ।

दाङका किसान चिन्तित

किसानका धानबालीमा कालो पोके रोग देखिएको छ। धानका बोट कालो पोको हुने र धानको गेडा नष्ट गर्ने यो रोगले उत्पादनमा ह्रास आउँने भन्दै किसान चिन्तित भएका छन्।

८० किलोमिटरको पन्चासे अल्ट्रा रेस हुँदै

‘ओभर दि क्लाउड्स’ (बादल भन्दामाथि) नाराका साथ आगामी कात्तिक १८ गते ८० किलोमिटर दूरीको पन्चासे अल्ट्रा रेस हुँदै छ। ८०, ५५ र २५ किलोमिटर दूरीको दौड तय गरिदाँ अमेरिका, बेलायत, भियतनाम लगायतका देशका धावकले नाम दर्ता गरेको आयोजक पोखरा ट्रेल रेस सिरिजको भनाइ छ।

विद्यार्थीको सहजताको लागि साइकल वितरण

साढे दुई घन्टासम्म हिँडेर विद्यालय आउनुपर्ने बाध्यता भएका विद्यार्थीको सहजताको लागि मकवानपुरको मनहरी गाउँपालिका ४ मसिनेमा रहेको पशुपतिनाथ माविले साइकल वितरण गरेको छ। ६ देखि १० कक्षासम्म अध्ययनरत १ सय १५ विद्यार्थीलाई साइकल वितरण गरिएको प्रधानाध्यापक भानुभक्त आचार्यको भनाइ छ। १० कक्षाको परीक्षापछि साइकल विद्यालयलाई नै फिर्ता गर्नुपर्ने नियम छ।

चन्देश्वर मण्डलको पक्षमा सहमती जुटाउने प्रयास

बुधबारबाट चलिरहेको नेकपा एमाले प्रदेश अधिवेशनबाट सर्वसम्मत पदाधिकारी छान्ने कसरत तिब्र छ। प्रदेश अध्यक्षका लागि राजनारायण साह, चन्देश्वर मण्डल, बिचारी यादव र राजकिशोर यादव आकांक्षी हुँदा मण्डललाई सर्वसम्मत नेतृत्व दिन लविङ केन्द्रित छ।  

एमालेको समर्थनमा कांग्रेसका कार्कीको मुख्यमन्त्रीमा दाबी

नेकपा एमालेका सांसदहरूको समर्थनमा नेपाली कांग्रेसका सांसद केदार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। एमालेका ३९ र कांग्रेसका ८ जना सांसदको समर्थनमा कार्कीले मुख्यमन्त्री दाबी गर्दा गठबन्धन दलका तर्फबाट नेकपा माओवादीका इन्द्रबहादुर आङ्बोको चुनौती बनेको छ।

प्रकाशित: २५ आश्विन २०८० १३:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App