२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

इजरायलबाट नेपाली लिएर आएको विमान राति साढे १ बजे काठमाडौं अवतरण हुने

इजरायलबाट २५३ जना नेपाली लिएर आएको नेपाल एयरलाइन्सको विमान आज राति साढे १ बजे काठमाडौं अवतरण हुने भएकाे छ। 

यसअघि उक्त जहाज आज राति सवा ९ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भनिएको थियो। तर निर्धारित समयभन्दा ढिला विमान अवतरण गर्ने भएको हो।

विमानमा सबैजना विद्यार्थीहरु रहेका छन्। विद्यार्थी ल्याउनको लागि परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको टोली गएराति इजरायल प्रस्थान गरेको थियो।

स्वदेश फर्किनका लागि ३०० भन्दा बढी नेपालीले अनलाइन आवेदन दिएका छन्। सोहि अनुसार पहिलो चरणमा २५३ जना विद्यार्थी नेपाल फर्कदै छन्।

प्रकाशित: २५ आश्विन २०८० ११:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App