२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

विराटनगरमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालन

चाडपर्वलाई लक्षित गरेर विराटनगर बसपार्कमा नागरिक सहायता कक्ष सुरु गरिएको छ।

चाडपर्वकाे समयमा बसपार्कमा हुने भिडभाडलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला ट्राफिक कार्यालय मोरङ र वडा प्रहरी कार्यालय (क) ले संयुक्त रुपमा नागरिक सहायता कक्षको सुरुआत गरेको हो।

जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जनकुमार दाहाल र वडा प्रहरी कार्यालयका डिएसपी विजयी श्रेष्ठले नागरिक सहायता कक्षको उद्घाटन संयुक्त रुपमा गरेका हुन्।

उद्घाटन गर्दै उनीहरुले भिडभाडमा यात्रुहरुलाई पर्ने समस्या तथा यात्रुहरुलाई सहज र सजिलो तवरबाट बसको यात्रा गरेर आ-आफ्नो गन्तव्य पुग्न सकुन भनेर नागरिक सहायता कक्ष स्थापन गरेको बताए।

अन्य समयमा पनि बसपार्क तथा बस बिसौनीमा प्रहरीले यात्रुहरुको समस्या सुन्ने र समाधान गर्ने गरेको भए पनि चाडपर्वमा अझ सहज होस् भनेर सहायता कक्ष स्थापन गर्नुपरेको डिएसपी दाहालले बताए।

विभिन्न स्थानबाट सार्वजनिक सवारीको प्रयोग गरेर आवतजावत गर्ने यात्रुको सुविधालाई ध्यान दिँदै मोरङले ट्राफिक प्रहरीले विभिन्न सरोकारवालासँग समन्वय गरेर सहायता कक्ष सञ्चालन ल्याइएको बताइएको छ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार जिल्ला प्रहरी कार्यालय लगायत जिल्लाका विभिन्न स्थानमा रहेको प्रहरी कार्यालयहरू र यातायात व्यवस्था सम्बन्ध संस्थाहरू समेतको समन्वय र सहकार्यमा विराटनगर बसपार्क, उर्लाबारी, पथरी, बेलबारी, विराटचोक र रंगेली गरी ६ स्थानमा यात्रु सहायता कक्ष सञ्चालमा आएको छ।

प्रकाशित: २५ आश्विन २०८० १०:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App