२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

यस्ता छन् सात प्रदेशका सात समाचार

एमाले प्रदेश अध्यक्षका उम्मेदवार तिमिल्सेना र सिंह पछि सरे

निवर्तमान उपाध्यक्ष कमल तिमिल्सेना र प्रदेश सचिवालय सदस्य बचन बहादुर सिंहद्वारा नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनमा दिएको अध्यक्ष पदको उम्मेदवारी फिर्ता, प्रदेश सचिवालय सदस्य कृष्णराज जैशीलाई सर्वसम्मत अध्यक्ष बनाउन उम्मेदवारी फिर्ता दिन लगाइयो, भीम रावल निकटका अर्का उम्मेदवार संविधान सभा सदस्य समेत रहेका भरत साउँदलाई मनाउने प्रयास भइरहेको एक नेताको भनाइ।

०००

संसद्मा सांसदको उपस्थिति घट्दो

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र दुई वटा विधेयक पारित गरेको प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो तथा बजेट अधिवेशन अन्त्य, ३९ बैठक बस्दा ४० सदस्यीय प्रदेशसभामा सांसदहरूको उपस्थिति भने घट्दै।

०००

एक रातमै दुई सय भन्दा बढी रूख काटिए

घोराही उपमहानगरपालिका–१ र बंगलाचुलीको सीमा जोड्ने सुवाखोला क्षेत्रको राष्ट्रिय वनमा एकै रातमा अवैधरूपमा दुई सय बढी रूख काटिए,  साल, अस्ना, सिमल, जामुनलगायतका विभिन्न प्रजातिका साना ठूला रूख अज्ञात समूहले एकै रातमा फडानी गरेको वन कार्यालय घोराहीका डिएफओ मोहनलाल श्रेष्ठको भनाइ।

०००

दिनदिनै फैलिँदै डेंगी संक्रमण

पछिल्लो दुई दिनमा मात्रै १७ सय ७० जना थपिएसँगै ७ हजार ४ सय ८९ जनामा डेंगी संक्रमण फैलियो, प्रदेशका ११ मध्ये हिमाली जिल्ला मुस्ताङबाहेक सबै जिल्लामा डेंगी संक्रमण फैलिएको प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको भनाइ।

०००

मजदुरहरूको स्वास्थ्य समस्या जटिल बन्दै

फोहोर व्यवस्थापनमा काम गर्ने मजदुरहरूको स्वास्थ्य समस्या जटिल बन्दै, फोहोर संकलन गर्नेमा छालाको समस्या र डम्पिङ साइडका मजदुरमा स्वासप्रस्वास लगायत मुटु, मधुमेह र जण्डिसको समस्या धेरै, नेपाल विकास समाज चितवनले भरतपुरमा राखेको स्वास्थ्य शिविरमा आएका मजदुरलाई कुनै न कुनै समस्या देखिएको भरतपुर अस्पतालका चिकित्सक डाक्टर सन्दिप पाण्डेको भनाइ।

०००

एमाले कार्यकर्ताले तोडे विमानस्थलको सुरक्षा घेरा

सुरक्षा घेरा तोडेर अध्यक्ष केपी शर्मा ओलीको स्वागतमा जनकपुर विमानस्थलको पार्किङमै पुगे नेकपा एमालेका कार्यकर्ता, प्रदेश अधिवेशन उद्घाटनका लागि  यति एयरलाइन्सको जहाजबाट बुधबार जनपुर विमानस्थल पुगेका थिए अध्यक्ष ओली।

०००

मोरङमा यात्रु सहायता कक्ष स्थापना

चाडपर्वलाई लक्षित गरी सार्वजनिक सवारीसाधनमाथि निगरानी बढाउने उद्देश्यसहित ६ स्थानमा ट्राफिक प्रहरी मोरङद्वारा यात्रु सहायता कक्ष स्थापना, सवारीसाधनलाई सुरक्षित मर्यादित बनाउन अनुगमन गरिने प्रवक्ता रञ्जनकुमार दाहालको भनाइ।

प्रकाशित: २४ आश्विन २०८० १३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App