९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

विपिनका आफन्त चिन्तित

इजरायल आक्रमणमा कञ्चनपुर भीमदत्त नगरपालिका ३ का विपिन जोशी चार दिनदेखि सम्पर्क विहिन हुँदा परिवारजनमा चिन्ता बढ्दै गएको छ। प्यालेस्टिनी इस्लामवादी लडाकु समुह हमासको आक्रमण गर्नुअघि शनिबार दिउँसोपछि सम्पर्कमा नआएको विपिनका अफन्तको भनाइ छ।

जुम्लीमार्सी धानबालीमा ‘बलास्ट’ रोग

जुम्लाको तातोपानी गाउँपालिका ४, ५, ६ र चन्दननाथ नगरपालिका ९ का सयौं किसान बाली भित्र्याउने बेला मार्सी धान बलास्ट रोगले नष्ट भएपछि चिन्तित भएका छन्। वातावरणीय प्रभावका कारण वर्षेनी कुनै न कुनै क्षेत्रको मार्सी धानमा ब्लास्ट रोग लाग्ने गरेको कृषिविज्ञको भनाइ छ। यसवर्ष २ हजार ९ सय ५० हेक्टरको ६ हजार ३ सय ७७ मेट्रिकटन नष्ट हुने प्रारम्भिक अनुमान छ।

कर्मचारीको आन्दोलनले सेवाग्राही मर्कामा

सरकारले ल्याउन थालेको संघीय निजामती सेवा ऐनविरुद्ध खजुरा गाउँपालिकाका निजामती कर्मचारी आन्दोलित भएका छन्। एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने लगायतका ११ बुँदे मागसहित मुलुकभरका स्थानीय तहका कर्मचारीको आन्दोलनका कारण सेवाग्राही मर्कामा परेका हुन्।  

‘गण्डकी खेलकुद पदक’ कार्यविधि पारित

प्रदेश खेलकुद परिषद गण्डकीले ‘गण्डकी खेलकुद पदक’ प्रदान गर्न आवश्यक कार्यविधि २०८० पारित गरेको छ। कार्यविधि पास गरेसँगै पदक प्रदान गर्ने र सञ्चालन गर्ने विषय अनुमोदनका लागि प्रदेश मन्त्रीपरिषद पठाइने भएको छ। प्रदेश सरकारले पारित गरेपछि कार्यान्वयनमा लैजाने परिषद सदस्य सचिव श्रीधर शर्माको भनाइ छ।

हजुरआमाको हत्या गरेर भागेका व्यक्ति १९ वर्षपछि पक्राउ

भरतपुर महानगरपालिका–७ कृष्णपुरकी मनकुमारी वाग्लेको हत्या गरी फरार भएका भरतपुर–२८ मेघौलीका ४३ वर्षीय तोयानाथ चापागाई १९ वर्षपछि प्रहरीले नियन्त्रणमा लिएको छ। सौतेनी नाती नाताका चापागाईले विक्रम संवत् २०६१ मंसिर १४ गते वाग्लेको हत्या गरेर गरगहना समेत लुटी भागेको चितवन प्रहरीले भनाइ छ।

प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ

प्रतिबन्धित लागूऔषधसहित सिराहा प्रहरीद्वारा लहान नगरपालिका–२१ माधोपुरका २१ वर्षीय अर्जुन कुमार राम र  वडा नम्बर २० हरीनगरका ३५ वर्षीय रामानन्द दास पक्राउ परेका छन्। चेकजाँचका क्रममा हाईड्रोक्लोराईड २ एमएलका ४८७ एम्पुल, डाइजेपाम ४९८ एम्पुल, बुर्फेनोर्फिन ४९० एम्पुल लागूऔषधसहित पक्राउ गरिएको सिरहा प्रहरी प्रवक्ता रविन्द्रराज पाण्डेको भनाइ छ।

समाजवादी मोर्चाको २५ गते सन्देशसभा गर्ने

केन्द्र र प्रदेशपछि जिल्ला स्तरमा सन्देशसभा गर्न लागेको समाजवादी मोर्चाले असोज २५ गते मोरङको रंगेलीमा सभाको आयोजना गर्दै छ। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आथित्यमा मोर्चाका केन्द्रिय नेताहरूको सहभागितामा सन्देशसभा आयोजना गर्ने मार्चाका जिल्ला अध्यक्ष राजकुमार यादवको भनाइ छ।

प्रकाशित: २३ आश्विन २०८० १३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App