५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

धनुषामा छुट्टाछुट्टै दुर्घटना दुई जनाको मृत्यु

धनुषाको दुई स्थानमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। बिहीबार राती औरही गाउँपालिका-१ पौडेश्वरस्थित जनकपुर-यदुकूहा सडक खण्डमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा बिदेह नगरपालिका-८ का २६ वर्षीय राम मण्डल रहेका छन्। जनकपुरबाट घरतर्फ गइरहेको बेला आफैंले चलाइरहेको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको धनुषा प्रहरीले जनाइएको छ।

प्रहरीक अनुसार प्रदेश-२-००६ प ९१०० नम्बरको मोटरसाइकल चलाइ जनकपुरबाट घर फर्किने क्रममा पौडेश्वरस्थित पुलको छेउमा रहेको सानो पोलमा ठोकिँदा दुर्घटना भएको हो। दुर्घटना परी गम्भीर घाइते भएका मण्डललाई उपचारको जनकपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो। मृतक मण्डल दुई वर्षअघि देखि नेपाल विद्युत प्राधिकरणमा काम गर्दै आएका थिए।

त्यस्तै बटेश्वर गाउँपालिका-४ पोखरी टोल जाने सडक खण्डमा ट्याक्टरबाट किचिएर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही गाउँपालिका-५ की शान्तिपुर बस्ने ४० वर्षीया रेखा देवी महतो छिन्।

महतो सवार भएको ज १० प २५५ नम्बरको मोटरसाइकल प्रदेश २–००२– ०१ प ६३६६ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो। त्यहीँ क्रममा फलाम लोड गरि पछाडिबाट आउँदै गरेको ज १ त ५३ ५८ नम्बरको ट्याक्टरले रेखालाई किचेको थियो।

उनलाई उपचारका लागि जनकपुर ल्याउँदै बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीले जानकारी दिए।

विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकलमा सवार बटेश्वर गाउँपालिका ३ का युवक गंगाराम महरा घाइते भएका छन्। उनको उपचार जनकपुरमा भइरहेको छ।

ट्याक्टर चालक मिथिला नगरपालिका २ नक्टाझिजका प्रमोद ठाकुरलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए।

प्रकाशित: १९ आश्विन २०८० ०६:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App