१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सर्पले दिदीबहिनीलाई डस्यो, बहिनीको मृत्यु

कपिलवस्तुको बाणगंगामा एकै घरका दुई दिदीबहिनीलाई सर्पले डस्दा एक जनाको मृत्यु भएको छ। एक जनाको अवस्था गम्भीर रहेको छ। 

बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड जिनुवा स्थित मोतिलाल क्षेत्रीका छोरीहरु ३ वर्षीया रितिका क्षेत्री र ८ वर्षिया इशिका क्षेत्रीलाई मंगलबार राति सर्पले डसेको थियो।

मंगलबार राति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको बताइएको छ। सर्पले डसेको थाहा पाएलगत्तै बिहान ४ बजे गोरुसिँगे स्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको थियो। लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा ३ वर्षीया बालिका रितिकाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा.नेत्र बहादुर रानाले जानकारी दिए।

‘उपचारकै क्रममा दुई दिदीबहिनी मध्ये एकको मृत्यु भएको छ, एक जनाको अवस्था गम्भीर छ। हामी उपचार गर्दैछौँ,’ उनले भने। आठ वर्षीया इशिकाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनले बताए।

घरमा सुतिरहेका बेला राति करिब १२ बजेको समयमा उनीहरुलाई सर्पले डसेको अनुमान गरिएको स्थानीयले बताएका छन् । झुल लगाएर सुतेका एकै घरका दुई बहिनीलाई सर्पले डसेको हो ।

एक जनाको कान र एकजनाको हातमा सर्पले डसेको थियो।

प्रकाशित: १७ आश्विन २०८० ०७:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App