८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

सवारीको नाममा नागरिकलाई सास्ती दिने कुराको अन्त्य हुनुपर्छ: हरिवंश आचार्य

वरिष्ठ कलाकार हरिवंश आचार्यले विशिष्ट व्यक्तिहरूले सवारीको नाममा नागरिकलाई सास्ती दिने कुराको अन्त्य हुनुपर्ने बताएका छन्।

आज सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० लाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन।उनले अहिले पनि विशिष्ट व्यक्तिहरूको सवारीको नाममा दिनभर सडक अस्तव्यस्त पार्ने परम्परा रहेको भन्दै त्यसको विरोध गरे ।उनले सवारीलाई ठूलो दर्जा दिइएको भन्दै सवारी गर्न रहर हुनेले दमकलमा बसेर जान सल्लाह दिए।

उनले सार्वजनिक यातायातको विकास नभई कन कुनैपनि देशमा जनताले सुख नपाउने बताए।उनले राज्यले पब्लिक ट्रान्सपोर्टेशनमा बढी लगानी गर्नुपर्ने भए पनि नेपालले सार्वजनिक बसमा लगानी गर्न नसकेको बताए।उनले देशमा बस स्टप नै नभएको भन्दै त्यतातर्फ पनि सरकारले ध्यान दिनुपर्ने बताए ।

वरिष्ठ कलाकार हरिवंश आचार्यले विरोध गर्ने ठाउँ टुँडिखेलमा ताल्चा मारेर राख्नु नहुने बताउनु बताए।

प्रकाशित: १४ आश्विन २०८० ०५:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App