१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

घुससहित दुई कर्मचारी पक्राउ

सुनसरीको इनरुवास्थित भूमि सुधार तथा जिल्ला मालपोत कार्यालयमा कार्यरत दुई जना कर्मचारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग टोलीले शुक्रबार घुस रकमसहित पक्राउ गरेको छ।

इटहरीबाट अख्तियार टोलीले रजिस्ट्रेसन शाखामा कार्यरत नायब सुब्बा सुदिप कट्वाल र खरिदार रमेश अधिकारीलाई पक्राउ गरेको हो। कट्वाल र अधिकारीले जग्गा नामसारीबापत सेवाग्राहीबाट एक लाख ५० हजार रूपैयाँ घुस लिने क्रममा मालपोत कार्यालयअगाडिको सुनसरी होटलबाट पक्राउ गरेको अख्तियार कार्यालय इटहरीले जनाएको छ। 

प्रकाशित: १४ आश्विन २०८० ०३:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App