१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

दसैं लक्षित भन्सार छलेर भित्र्याइएका कपडा बरामद

राजस्व अनुसन्धान कार्यालय इटहरीले शनिबार बिहान सिरहा नगरपालिका-१५ सुखचैनाबाट झन्डै ५० लाख रुपैयाँ बराबरको तस्करीको कपडा बरामद गरेको छ।

भारतीय सहर जयनगरबाट तस्करी गरी ल्याएको कपडा स्थानीय चन्द्रनारायण मावि नजिकको आँपको बगैंचामा थुपारिएको अवस्थामा बरामद गरिएको राजश्व कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यले जानकारी दिए।

सर्टिङ सुटिङका कपडा, सारी, तयारी पोसाकलगायतका सामान बरामद गरिएको छ। सामान इटहरी कार्यालयमा ल्याइएको आचार्यले बताए।

सीमामा ठुलो परिमाणमा कपडा संकलन गरेर काठमाडौं ल्याउने तयारी भएको सूचनाका आधारमा कपडा बरामद गरिएको हो।

खुला नाका भएकाले दसैंलाई लक्षित गरेर चोरी पैठारीबाट कपडा संकलन गरेर व्यापारीले ट्रकमा राख्ने तयारी गरेका बेला बरामद भएको हो। केही सामान भने बरामद हुनु अगावै ट्रकमा लोड गरेर अन्यत्र लगेको स्रोतले बतायो।

प्रकाशित: १३ आश्विन २०८० १६:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App