२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

के तपाईलाई ‘श्रम अडिट’बारे थाहा छ ? (भिडियो सहित)

श्रम अडिट रोजगारदाताका रोजगारीसँग सम्बन्धित नीति नियम र अभ्यासहरू कानूनसम्मत छन् वा छैनन् भनी जाँच्ने एउटा कानूनी प्रक्रिया हो। यो एउटा महत्वपूर्ण अभ्यास हो जसमा मुलुकको श्रम सम्बन्धी कानूनलाई रोजगारदाता र श्रमिकले कसरी पालन गरिरहेका छन् भन्ने कुरा हेरिन्छ।

वित्तिय लेखा परिक्षण जस्तै ‘श्रम अडिट’ पनि श्रम ऐन २०७४ को पालन गर्नै पर्ने एक बाध्यकारी कानूनी व्यवस्था हो।

श्रम ऐनका प्रावधानहरू अनुरूप, श्रम नियमहरू २०१८ (“श्रम नियमहरू“)ले श्रम लेखापरीक्षणको कार्यविधि निर्धारण गर्दछ। श्रम नियमावलीको नियम ५६ बमोजिम प्रतिष्ठानले प्रत्येक वर्ष नेपाली महिनाको पुस (मध्य जनवरी) भित्रमा श्रम लेखापरीक्षण गराउनुपर्ने हुन्छ। श्रम मन्त्रालयले तोकेको मापदण्डबमोजिम श्रम लेखापरीक्षण गर्नुपर्छ।

नेपालमा सञ्चालित नाफा कमाउने वा गैरनाफामूलक स्थानीय, राष्ट्रिय, स्वदेशी,  विदेशी, बहुराष्ट्रिय र अन्तर्राष्ट्रिय सबै संघ, संस्था, कम्पनी, फर्म, निकाय जसले आफ्नो कार्य सञ्चालनका लागि कर्मचारी नियुक्त गर्दछन् (श्रम ऐन अनुसार प्रतिष्ठानको परिभाषामा परेका) ती सबैले श्रम अडिट गराउनुपर्दछ।

कार्यस्थलमा विद्यमान कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरी असल औद्योगिक सम्बन्ध कायम राखी श्रमिकको हकहित सुनिश्चित गराएर समग्रमा उत्पादन र उत्पादकत्व अभिवृद्धिमा सघाउ पु¥याउनु नै श्रम अडिटको मूख्य उद्देश्य हो।

जहाँ रोजगारदाता र कर्मचारीको सम्बन्ध छ त्यहाँ अन्य कुनै नेपाल कानून लागु हुने भएमा बाहेक श्रम ऐन लागु हुन्छ र त्यहाँ श्रम अडिट बाध्यकारी व्यवस्था हुन जान्छ।

प्रकाशित: ९ आश्विन २०८० १३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App