१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

महानगरमा वार्ता जारी, बालेन र ईः दुवै अनुपस्थित

तस्बिर: राजिव खत्री/नागरिक

काठमाडौं महानगरपालिका रअभियन्ता ईः का प्रतिनिधिबिच काठमाडौंमा वार्ता सुरु भएको छ।

विगत ७ दिनदेखि फुटपाथ व्यवसाय र व्यवसायीलाई व्यवस्थित बनाउनुपर्ने, गरिखान दिनुपर्ने लगायतका माग राखेर काठमाडौं महानगर अगाडि ईः लगायत अभियन्ताहरुले उभिएर आन्दोलन गरिरहेका छन्। प्रदर्शनरत अभियन्ता ईः र काठमाडौं महानगरबीच वार्ता सुरु भएको हो।

स्रोतका अनुसार वार्तामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र अभियन्ता ईः दुवै बसेका छैनन्। ईःका तर्फबाट विवेकशील अभियानका सहसंस्थापक गोविन्द नारायणको नेतृत्वमा अधिवक्ता सञ्जय अधिकारी, प्रज्वलत्ता कार्की, सडक व्यवसायीका प्रतिनिधि सुजन गिरी र शहरी पूर्वाधार विज्ञ राज महर्जन वार्तामा सहभागी छन्।

महानगरपालिकाका तर्फबाट महानगरका प्रवक्ता नवीन मानन्धर, वडाध्यक्ष चीनकाजी महर्जन, कानुन विभाग प्रमुख वसन्त आचार्य, कुमार ब्यञ्जनकार र धिरज जोशी सहभागी छन् ।

ई: ले मेयर शाह र उपमेयर सुनिता डंगोललाई चुनावी बाचा सम्झाउन प्रदर्शन गरेका हुन्।

प्रकाशित: ९ आश्विन २०८० १०:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App