१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

वार्तामा बोलाउन मेयर होइन, एक नगर प्रहरी आएका थिए: अभियन्ता ईः

अभियन्ता ई: लगायत। तस्बिर: उपेन्द्र लामिछाने

काठमाडौं महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरिरहेका अभियन्ता ई: ले आफूहरूलाई भेट्न मेयर बालेन शाह नभई एक जना नगर प्रहरी आएको उल्लेख गरेका छन्।

सोमबार मेयर बोलेनले ई: लगायतका कुरा सुन्न आफू उनीहरू उभिइरहेकै ठाउँमा पुगेको र संवादमा नआएको स्टाटस लेखेका थिए। त्यहि स्टाटसको जवाफमा ई ले आफूहरूलाई भेट्न मेयर बालेन शाह नभई एक जना नगर प्रहरी आएको उल्लेख गरेका हुन्।

जवाफमा ई ले भनेका छन्, 'यहाँ आउनुभएको होइन। सँगै जवाफदेहिता माग गरिरहेका अन्य साथीहरू साक्षी छन्। करीब २० मिनेट अगाडि अकस्मात एक नगर प्रहरीले हामीलाई हप्काउँदै राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाए।  हामीले कानून विज्ञ, शहरी व्यवस्थापन विशेषज्ञ, र सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय माग्यौं। नगर प्रहरीले रिसाएर जवाफ दिए - 'त्यसोभए मेयरले भेट्दैन!'

अभियन्ता ईः ले फुटपाथ व्यवसाय र व्यवसायीलाई व्यवस्थित बनाउनुपर्ने, गरिखान दिनुपर्ने लगायतका माग राखेर ६ दिनदेखि उभिएर आन्दोलन गरिरहेका छन्।  

प्रकाशित: ८ आश्विन २०८० ०७:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App