८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

समाजसेवी चार संस्था पुरस्कृत

रामबाबु-ज्ञानु सामाजिक सेवा पुरस्कार कोषबाट यस वर्ष सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका चार संस्था पुरस्कृत भएका छन्। कोषले राजधानी शनिबार एक कार्यक्रम आयोजना गरी समाज सेवामा सक्रिय चार संस्थालाई सम्मान गरेको हो।

ज्येष्ठ नागरिक अधिकार अभियन्ता डा. गौरीशंकरलाल दासले चारै संस्थाका प्रतिनिधिलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए।

दुई लाख रुपैयाँ राशिको रामबाबु-ज्ञानु सामाजिक सेवा पुरस्कार प्रशान्ति वृद्धाश्रम केन्द्र, वीरेन्द्रनगर नगरपालिका ३ सुर्खेत संस्थालाई प्रदान गरिएको छ।

कोषका अनुसार यस सस्थाले वृद्धवृद्धालाई आश्रय, भोजन प्रदान गर्नुका साथै स्वास्थ्य उपचार दिँंदै आएको छ। साथै वृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठ तथा उपाध्यक्ष शीतलसिंह राठोर सम्मानित भएका हुन्।

यसैगरी कोषले एक लाख राशिको रामबाबु–ज्ञानु समाजसेवी पुरस्कारबाट नवजीवन परोपकार समाज, तारकेश्वर नगरपालिका ७ काठमाडौंमा अवस्थित संस्थालाई प्रदान गरेको छ। सो संस्थाले समाजका असहाय वर्गको उद्धार गरी संरक्षणका लागि आश्रय प्रदान गर्दै आइरहेको छ। यसका संस्थापक दुर्गानाथ दाहाल सम्मानित भएका हुन्।

अर्को रामबाबु–ज्ञानु समाजसेवी पुरस्कारबाट धनगढी उपमहानगरपालिका १, कैलालीमा रहेको दृष्टि फाउन्डेसन पुरस्कृत भएको छ। यस संस्थाले असहायहरूको उद्धार र संरक्षण गरी आश्रय, भोजन र स्वास्थ्योपचार सुविधा प्रदान गर्नुका साथै परिवारसँग पुनस्र्थापना गराउँदै आइरहेकोे छ। यस संस्थाका अध्यक्ष कल्पना भट्ट सम्मानित भएका छन्। यो पुरस्कारको राशि एक लाख रूपैयाँ रहेको छ।

यस वर्ष संस्था एक दशक पुगेको अवसरमा प्रदान गरिएको अतिरिक्त रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार मातृ नेपाल अपांग संघद्वारा सञ्चालित बालगृह, ठुलागाउँ, तारकेश्वर नगरपालिका ३ लाई प्रदान गरियो।

यो संस्थाले बालबालिकालाई आश्रय प्रदान गर्नुका साथै शिक्षादीक्षाको प्रबन्ध गरी सक्षम र सबल नागरिक बनाउन योगदान गर्नुका साथै संस्थागत दिगोपनातर्फ उपयुक्त कदम चालेको छ। पुरस्कार एक लाख रूपैयाँ रहेको छ। संघका अध्यक्ष नरबहादुर राउत सम्मानित भएका छन्।

पुरस्कार तथा सम्मान अर्पण समारोहमा प्राज्ञ विष्णु प्रभातले ‘परोपकार दर्शन’ शीर्षकमा एक खोजमूलक सामग्री प्रस्तुत गरेका थिए। साथै संस्थाले स्थापनाको एक दशकको अनुभव र अनुभूति समेटेर प्रकाशन गरेको स्मारिकासमेत सार्वजनिक गरेको छ। कोषले २०७१ सालदेखि दुई लाख रूपैयाँको पुरस्कार प्रदान गर्दै आएकोमा २०७४ देखि चार लाख रूपैयाँको पुरस्कार प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: ८ आश्विन २०८० ०४:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App