६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

जेष्ठ नागरिकलाई तीर्थयात्रा

१ सय ९० जेष्ठ नागरिकलाई एक साताका लागि धनगढी उपमहानगरपालिकाले तिर्थयात्रा पठाएको छ। मुक्तिनाथसहित कागवेनी, पोखरा, देवघाट र नवलपरासीको कैवल्यधाम लगायत धार्मिकस्थलमा हुने यात्रामा स्वास्थ्यकर्मी सहित तिर्थयात्रा गएका छन्।  

खस भाषा पढाउँदै स्थानीय तह

खस भाषाको उद्गम थलो जुम्लाको सिंजा क्षेत्रका तीन स्थानीय तहले खस भाषाको पाठ्यक्रम विद्यालय तहमा लागू गरेका छन्। चन्दननाथ नगरपालिका, तातोपानी र सिंजा गाउँपालिकाले ‘हाम्मो स्थानीय विषय’ नामक पुस्तक तयार गरी लागू गरेका हुन्।  

उच्च पदस्थ अधिकारीहररूको सम्मेलन हुँदै

समग्र विकासमा जोड दिने भन्दै लुम्बिनी प्रदेश सरकारले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विभिन्न मुलुकका उच्च पदस्थ अधिकारीहररूको सम्मेलन गर्ने भएको छ। संघीय सरकारको समन्वयनमा माघसम्म योजना हुने कार्यक्रममा नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थी सहित विभिन्न राष्ट्रका उच्च पदस्थ अधिकारी सहभागी हुने भएका छन्।  

कोरला नाका खुल्ने विश्वासमा स्थानीय

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणले स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको लोमान्थाङ गाउँपालिकाको सिमाना पर्ने कोरला नाका खुल्ने आशामा स्थानीय रहेका छन्। नाका खुले द्विपक्षीय व्यापार बढ्ने र त्यसले समग्र अर्थतन्त्र प्रवर्द्धनमा सघाउ पुग्ने उनीहरूको विश्वास छ।

भन्छार छलेर ल्याएको सामान नियन्त्रणमा

भन्छार छलेर ल्याएको ८ सय ५५ बोतल रोयल ग्रीन व्हिस्कीसहित मकवानपुर प्रहरीले दुई भारतीय गाडीसहित ५ जनालाई नियन्त्रणमा लिएको छ। बरामद गरिएको मदिरा, गाडी र पाँचै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको भनाइ छ।

बेवारिसे अवस्थामा लागूऔषध फेला

वीरगन्ज प्रहरीले वडा २२ मनियारी टोलका देवेन्द्र यादवको खाली खेतबाट ठूलो परिमाणमा बेवारिसे अवस्थामा लागूऔषध फेला पारेको छ। प्रहरीले प्रतिबन्धित लागूऔषध डाइजेपाम इन्जेक्सन २ हजार ३ सय ३५ एम्पुल, नुरफिन इन्जेक्सन ३ हजार १ सय ६९ एम्पुल र फेनारगन इन्जेक्शन ३ हजार ४ सय ११ बरामद गरेको हो।

लक्ष्यको ५७ प्रतिशत राजस्व असुली

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को भदौ महिनामा ५६ दशमलब ८१ प्रतिशत अर्थात् ४ अर्ब ४५ करोड ६६ लाख लक्ष्यमध्ये २ अर्ब ५३ करोड १९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोहि महिनामाभन्दा कम राजस्व संकलन भएको भन्सार कार्यालयको भनाइ छ।

प्रकाशित: ७ आश्विन २०८० १३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App