१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

रहेनन् गणतन्त्रवादी नेता ‘मायालु’

पूर्वसांसद खेमराज भट्ट ‘मायालु’ को ७६ वर्षको उमेरमा निधन भएको छ।

क्यान्सर रोगबाट ग्रसित उनको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको उनका भाइ छविलाल भट्टले जानकारी दिए।

गणतन्त्रवादी नेताका रूपमा परिचित नेता मायालुले २०५६ सालमा बर्दिया क्षेत्र नं. ३ बाट नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।  

वि.सं. २००४ मा डडेल्धुराको डुङ्गरी भन्ने ठाउँमा जन्मिएका उनले नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गरेका थिए। पछि उनी रामराजाप्रसाद सिंहसँगै रहेर नेपालमा गणतन्त्र स्थापना गर्नका लागि आन्दोलन होमिएका थिए।  

वि.सं.२०४२ को बम काण्डपछि तत्कालीन सरकारले उहाँको सम्पति सर्वश्वहरण गरेपछि १२ वर्ष भारतमा निर्वासित जीवन बिताउनुभएको थियो । उहाँका दुई छोरा छन् । श्रीमतीको यसअघि नै मिर्गौला रोगका कारणबाट निधन भइसकेका थियो । उहाँको आजै पशुपति आर्यघाट अन्त्येन्टि गरिने छ । रासस

प्रकाशित: ५ आश्विन २०८० ०४:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App