१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

तीन ट्रक प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय बाराले भन्सार छली गरी ल्याइएको आशंकामा  तीन वटा ट्रकलाई नियन्त्रणमा लिएको छ।

बिहीबार वीरगन्जबाट हेटौंडा तर्फ जाँदै गरेका तीन ट्रकलाई चेक जाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका कपडा लगायत विभिन्न माल बस्तु फेला परेको बाराका प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले बताए।

जीतपुरसिमरा उपमहानगरपालिकाको अमलेखगंजमा चेकजाँच क्रममा ट्रकमा लोड गरिएको माल बस्तुहरुको भन्सार प्रज्ञापन पज्ञ लगायतका कागजपत्रहरु नभेटिए पछि ना ६ ख ८९, ना ३ ख ७३११ र ना ३ ख ४५३० नम्बरका तीन वटै ट्रकहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि राजश्व अनुसन्धानको कार्यालय पथलैयामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दढीराम न्यौपानेले बताए।

राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको तीन वटा ट्रकहरूमा ७१ लाख भन्दा बन्दा बढीको माल बस्तु रहेको न्यौपानेले बताए।

प्रकाशित: ४ आश्विन २०८० ०९:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App