१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

शिक्षकहरुको प्रदर्शनले राजधानीको ट्राफिक अस्तव्यस्त

शिक्षा विधेयकमाथि असन्तुष्टि जनाउँदै शिक्षकहरुको प्रदर्शनका कारण काठमाडौंमा ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ।

प्रदर्शनले माइतीघर, सिंहदरबार, थापाथली, नयाँ बानेश्वरसम्मको यातायात सेवा प्रभावित भएको छ। जसका कारण आम नागरिक तथा यात्रुले सास्ती खेप्नु परेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार  आवश्यकता अनुसार विभिन्न चोकबाट सवारीहरु डाइभर्ट गरिएको छ।

भट्टले भने, 'प्रदर्शनका कारण ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ। हामीले आवश्यकता अनुसार विधिन्न चोकबाट सवारीहरु डाइभर्ट गराएका छाैं। कुनै ठाउँबाट दुई पाग्रे सवारी डाइभर्ट गराएका छाैं भने कुनै ठाउँबाट चार पाग्रे सवारी डाइभर्ट गराएका छाैं।'

अहिले ट्राफिक प्रहरीले तीनकुने, बानेश्वर, थापाथली, माइतीघरबाट सवारी साधनहरुको डाइभर्ट गरिरहेको भट्टले बताए।

नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौं आएका शिक्षकहरु माइतीघर मण्डलामा भेला भएर संसद् भवन नयाँ बानेश्वरसम्म पुगेको छ।

प्रकाशित: ३ आश्विन २०८० ०७:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App