३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

आज हल्का वर्षा हुने

हाल लुम्बिनी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।आज दिउँसो देशभर आंशिकदेखि सामान्य  बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही  स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि  मध्यम वर्षाको सम्भावना रहेको छ। 

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी  प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको  छ। कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: ३ आश्विन २०८० ०४:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App