१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

ब्राउनसगुरसहित विराटनगरबाट २ पक्राउ

नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत मोरङको विराटनगरबाट लागु औषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

भारतको जोगबनीबाट विराटनगर–१७ स्थित मटेरुवा नाका हुँदै आउँदै गरेका २ जनाको साथबाट लागु औषध ब्राउन सुगर बरामद भएको मोरङ प्रहरीले जनाएको छ।

सुनसरीको इटहरी उपमहानगरपालिका–२० का ३७ वर्षीय अमृत पुरी र धरान उपमहानगरपालिका–१ का ३० वर्षीय सुशान्त रिजाल ब्राउनसुगरसहित पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

प्रदेश १–०२–०५२ प २७१७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनीहरुलाई शंका लागी चेकजाँच गर्दा लागु औषध ब्राउन सुगर १० ग्राम ३० मिलिग्राम फेला परेको हो। उनीहरुलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रकाशित: २ आश्विन २०८० १६:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App