३० भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

माछा मार्ने क्रममा बेपत्ता भएका चौधरीको अवस्था अझै अज्ञात

हिजो देखी बेपत्ता कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नं. ६ जगतपुरका ३५ वर्षका चन्द्रप्रकाश चौधरीको अवस्था अझै अज्ञात छ। उनी हिजो बिहान स्थानीय जगतपुर सामुदायिक वनसँगै रहेको कर्णाली नदीमा माछा मार्न गएको बेला बेपत्ता भएका थिए।

स्थानीय मोतिलाल चौधरीका अनुसार चौधरी शनिबार बिहान ३ बजे नै माछा मार्न कर्णाली नदीमा गएका थिए। साँझसम्म पनि घर नफर्किएपछि स्थानीयवासी र प्रहरीले उनको खोजी गरेका थिए।

‘कर्णाली नदीको पश्चिम किनारमा उनको साइकल छ, नदीको बिचमा रहेको टापुमा लुगा र मोबाइल भेटियो’ उनले भने ‘स्थानीयले शनिबार बिहान माछा मारिरहेको देखेका रहेछन्, त्यसपछि उनीबारे अहिलेसम्म केही पत्ता लागेको छैन।’

लुगा र मोबाइल भेटिए पनि चौधरीको अवस्था भने अझै अज्ञात रहेको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी विश्वराज अधिकारीले जानकारी दिए।

‘हिजो साँझ ५ बजेतिर प्रहरीले खबर पाएपछि स्थानीय, नेपाल प्रहरी लगायतले खोजी गरिरहेको छ’ उनले भने ‘हालसम्म उनको अवस्था पत्ता लागेको छैन।’

कर्णाली नदीमा सो क्षेत्रका स्थानीयहरु माछा मार्न, घाँस दाउरा गर्न जाने गर्दछन्।

प्रकाशित: १ आश्विन २०८० १३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App