२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

भारतबाट ल्याइएका माछा नष्ट

भारतबाट चोरी तस्करी गरेर ल्याइएका माछा मोरङ प्रहरीले नष्ट गरेको छ। मोरङकाे विभिन्न स्थानबाट उक्त माछा बरामद गरी नष्ट गरिएको हो।

भारतका विभिन्न क्षेत्रबाट अवैध रुपमा ल्याउने क्रममा मृत अवस्थाका समेत रहेका माछा फेला परेको १ हजार ७ सय ७७ केजी माछा मोरङ प्रहरीले नष्ट गरेको जनाएको छ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार २०७९ पुसदेखि भदौ अन्तिमसम्म जिल्लाका २३ वटा स्थानबाट माछा बरामद भएको थियो।

बरामद गरी नष्ट गरिएका मांगुर (मुङ्गी) जातका माछा ६ लाखभन्दा बढी मूल्यको रहेको छ। स्वास्थ्य र पर्यावरणमा समेत प्रतिकुल असर पर्ने भारतीय मुङ्ग्री जातको माछा ल्याउन प्रतिबन्ध रहेको छ।

प्रकाशित: १ आश्विन २०८० ११:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App