४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

७ बजे ७ प्रदेश: ९ क्विन्टल गाँजासहित दुई भारतीय नियन्त्रणमा

चितवनबाट लोड गरेर ल्याएको ९ क्विन्टल १९ किलो अवैध लागूऔषध गाँजा सशस्त्र प्रहरी गणले नियन्त्रणमा लिएको छ।

प्रहरीको विभिन्न चौकी, पोष्ट कटाएर ल्याएको गाँजालाई १४ नम्बर सशस्त्र प्रहरी गण हेटौंडाले नियन्त्रणमा लिएको हो। हालसम्म मकवानपुरमा बरामद भएको यो सबैभन्दा ठूलो परिमाणको गाँजा भएको बताइएको छ। एन एल ०१ एसी २१४४ नम्बरको भारतीय ट्रकमा लुकाएर ल्याएको अवस्थाको ए ग्रेटको ४७ र बी ग्रेडको १३ पोका गरी ६० पोका गाँजा बरामद गरिएको सशस्त्र प्रहरीका उपरीक्षक अनिल कार्कीले जानकारी दिए।

बरामद भएको गाँजाको मूल्य एक करोड भन्दा धेरै रहेको बताइएको छ। ‘चितवनबाट ठूलो परिमाणको गाँजा लोड भएको छ भन्ने सूचना ४८ घण्टा अगाडी नै आएको थियो। हाम्रो तीनवटा टोलीले उक्त गाडीको निगरानी गरिरहेको थियो। प्रहरी निरीक्षकको टोली पनि रातभर खटिएको थियो’, उपरीक्षक कार्कीले भने, ‘गाडी नियन्त्रणमा लिएर पनि कहाँ लुकाएको छ भन्ने पत्ता लगाउनै ४र५ घण्टा लाग्यो । हामीले गाडीको विभिन्न भाग फुटाएर जाँच ग¥यौं। रिपेयर गरेर छोड्दिने निष्कर्षमा पुगिसकेका थियौं। लम्बाइ नाप्ने क्रममा एकपट्टीको भन्दा अर्कोपट्टीको भाग दुईफिट छोटो देखेपछि फुटाएर हेर्दा गाँजा भेटिएको हो।’

ट्रकको भित्री भागमा फल्स बटन बनाएर गाँजा राखेर पुनः वेल्डिङ गरी ल्याएको अवस्थामा गाँजा फेला पारिएको उनले बताए। सशस्त्रले गाडी चालक भारतको बलरामपुर विर्तापुरका ४५ वर्षका दुलारे यादव र सहचालक योगेश बर्मालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरुले एउटा नेपाली नाम र नम्बर दिएकोले उनीहरुको विषयमा पनि आवश्यक अनुसन्धान अघि बढाएको जानकारी दिइएको छ। चालकले पहिलो पटक नेपाल आएको र चितवनमा मकै पु¥याएको मात्रै प्रतिक्रिया दिएका छन्। ‘नेपाल पहिलो पटक छिरेको, मकै लिएर चितवन गएको मात्रै भन्ने गरेको छ’, उपरीक्षक कार्कीले भने, ‘भारतीय चालक भएकोले केही कुरा खोलेको छैन।’ आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि गाँजासहितको गाडी र पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको जिम्मा लगाइएको उनले जानकारी दिए।  

प्रकाशित: ३१ भाद्र २०८० १४:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App