२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

हत्या गरी फरार रहेका अभियुक्त पाँच वर्षपछि पक्राउ

सर्लाहीमा कर्तव्य ज्यान मुद्दा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको रामनगर गाउँपालिका-४ का शुभनारायण राय रहेका छन्।

२०७५ कात्तिक १३ गते सर्लाही रामनगर गाउँपालिका-४ को तत्कालीन वडा अध्यक्ष रामनरेश महतोको काका रामविलास महतो काम सकेर घर फर्कने क्रममा शुभनारायण राय समेतको हतियारधारी समूहले बाटोमा घेरा हाली गोली हानी घाइते बनाएको र घाइते महतोको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको थियो। महताको हत्याको मुख्य अभियुक्त भनिएको शुभनरायण राय करिब पाँच वर्षमा प्रहरीको फेला परेका हुन्।

गत मंगलबार साँझ सर्लाही र रौतहट जोड्ने बागमती नदीको पुलबाट रायलाई महिनाथपुर नजिकै इलाका प्रहरी कार्यालय हरकठवाको टोलीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका अभियुक्त रायलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखी अनुसन्धान भइरहेको छ।

घटनामा संलग्न श्रीनारायण राय, उपेन्द्र राय र उपेन्द्र राय (फौदार रायको छोरा) गरी तीन जनालाई प्रहरीले पहिले नै पक्राउ गरिसकेको छ। पक्राउ परिसकेका अभियुक्तहरुलाई थुनामा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रकाशित: २८ भाद्र २०८० १०:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App