२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

शान्ति सुरक्षा र अपराधमा कुनै सम्झौता हुँदैन: प्रहरी उपरीक्षक पौडेल

कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले शान्ति सुरक्षा र अपराधमा कुनै सम्झौता नगर्ने बताएका छन्। हालै सरुवा भई आएका प्रहरी उपरीक्षक पौडेलले नागरिकको शान्ति सुरक्षाको ग्यारेन्टी लिएर आफूहरूले काम गर्ने दाबी गरे।

पत्रकारहरुसँग परिचयात्मक कार्यक्रममा उनले नागरिकको शान्ति सुरक्षा अमन चयन कायम गर्ने र अपराध नियन्त्रण गर्ने आफ्नो प्रमुख दायित्व रहेको बताए।

‘शान्ति सुरक्षा अपराध नियन्त्रण गर्ने र गराउने काम दुरुस्तै गर्छौ’ उनले भने ‘ढुक्कसाथ बस्नुहोला’। 

उनले पत्रकारहरूको सुरक्षामा आफूहरू संवेदनशील रहेको भन्दै पत्रकारहरूसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने बताए। पत्रकार र प्रहरीको काम जनता र नागरिकका लागि रहेका भन्दै उनले प्रहरी वर्दी लगाएको नागरिक र पत्रकार सादा पोशाकको नागरिक रहेको बताए। 

उनले प्रहरीले पत्रकारलाई चाँडो भन्दा चाँडो सूचना दिन तयार रहेको तर घटनाबारे प्रहरीसँग भेरिफाई गरेर मात्र सूचना संप्रशेषण गर्न आग्रह गरे। उनले लागु औषध तस्करी नियन्त्रण सीमा अपराध लगायतका सवालमा आफ्नो ध्यान केन्द्रित रहने बताए। उनले भारतबाट धार्मिक यात्राका लागि आउने पर्यटकलाई दुःख दिने काम नगरिने बताए।

पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले नागरिकको शान्ति सुरक्षा, तस्करी र लागु औषध नियन्त्रण, सीमा अपराधमा प्रहरीले विशेष ध्यान दिनु पर्ने बताए।

उनले संचारकर्मीलाई समयमा नै सूचना दिने र पत्रकारको सुरक्षामा प्रहरीले ख्याल गर्नुपर्ने बताए। उनले प्रहरीले गर्ने सकारात्मक काममा  पत्रकारको साथ रहने बताए। सो अवसरमा पत्रकार महासंघका निवर्तमान जिल्ला अध्यक्ष डिलाराम भुसालले प्रहरी र पत्रकारहरु समन्वय गरेर अघि बढ्नु पर्ने बताए। कार्यक्रममा प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापा, जिल्लाका डेढ दर्जन बढी पत्रकार लगायतको सहभागिता थियो।

प्रकाशित: २४ भाद्र २०८० १५:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App