४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

जुम्लाको गुठिचौर र तिला गाउँपालिकाका कर्मचारीले बहिष्कार गरे निजामती दिवस

जुम्लाको गुठिचौर गाउँपालिका र तिला गाउँपालिकाका कर्मचारीले निजामती दिवस बहिष्कार गरेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौँ २२ गते निजामती सेवा दिवस मनाउने परिपत्र गरेपनि गुठिचौर र तिलाका कर्मचारीले भने दिवस बहिष्कार गरेका हुन्।

स्थानीय तहमा कार्यरत कर्मचारीको सेवा सुविधा, वृद्धि विकाको सुनिश्चिता नभएको र प्रस्तावित निजामती सेवा विद्येयकको मस्यौदामा स्थानीय तहका कर्मचारीलाई निजामति सेवाको परिभाषामा नसमेटेको भन्दै बहिष्कार गरेका हुन्।

संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारी बीच विभेद गरेको हुँदा निजामती सेवा दिवस मनाउन उपयुक्त नहुने ठानेर बहिष्कार गरेको गुठिचौर गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक बालराम नेपालीले बताए।

प्रकाशित: २२ भाद्र २०८० ०८:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App