१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

अपराध र तस्करी नियन्त्रण गर्छु: एसपी श्रेष्ठ

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले रौतहटबाट सीमा वारपार हुने तस्करी तथा जिल्लाको अपराधलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

जिल्लाको कमाण्ड सम्हालेपछि आयोजित पत्रकार सम्मेलनमा एसपी श्रेष्ठले जिल्लामा शान्ति सुरक्षाको अनुभूतिका साथै तस्करी नियन्त्रणमा उल्लेख्य प्रगति हासिल गर्ने प्रतिबद्धता जनाएका हुन्।

नयाँ एसपी आएपछि पत्रकार सम्मेलन गरेर आफ्ना योजना तथा प्रतिबद्धताहरु सार्वजनिक गरिने परम्परालाई निर्वाह गर्दै एसपी श्रेष्ठले दिनरात परिश्रम गरेर आफू जिल्लाको अपराधलाई नियन्त्रण गर्ने बताउँदै नेपाल भारत सीमा क्षेत्रमा रहेका नेपाल प्रहरीका कमाण्डरहरुलाई राती आठ बजेपछि आवतजावतमा थप निगरानी बढाउन निर्देशन दिइसकेको बताए।

सीमा क्षेत्रमा हुने अपराधलाई नियन्त्रण गर्न दुवै देशका समकक्षीहरूसँग मिलेर काम गर्नुपर्ने भएकोले आफूले सम्भव भएसम्म यस क्षेत्रमा पनि काम गर्ने एसपी श्रेष्ठले बताएका छन्।

नेपाल प्रहरीका हरेक युनिटका प्रमुखको नम्बर विभिन्न ठाउँमा ठुलो अक्षरमा लेखेर टाँगिने र जुनसुकै बेला पनि अपराधसम्बन्धी खबर दिन सर्वसाधारणलाई प्रोत्साहन गरिने एसपी श्रेष्ठको भनाइ छ।

प्रहरी युनिट इन्चार्जले नसुनेमा जुनसुकै बेला पनि आफूलाई खबर गर्न पनि एसपी श्रेष्ठले संचारकर्मीमार्फत सर्वसाधारणलाई आग्रह गरेका छन्।

प्रकाशित: २० भाद्र २०८० १६:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App