५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

विष्णुपुर गाउँपालिकाका लेखापाल यादवविरुद्ध विशेष अदालतमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकामा कार्यरत लेखापाल टेकनारायण यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।  

आयोगको टोलीले घुस प्रकरणमा विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव, लेखापाल यादव र एमआई एस अपरेटर वीरेन्द्रकुमार यादवको मिलेमतो रहेको पाइएको आरोप लगाएको छ। तीनै जनालाई पाँच लाख बराबरको बिगो दाबी गर्दै मङ्गलवार विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

सोलार जडानलगायतका योजनाको भुक्तानीबापत सेवाग्राहीसँग दुई लाख बराबरको घुस लिँदै गरेको अवस्थामा आयोगको बर्दिबासबाट खटिएको टोलीले गत साउन ३१ गते उनलाई पक्राउ गरेको थियो। यादवसँग थप तीन लाख बराबरको चेक समेत बरामद गरेको थियो।  

प्रकाशित: १९ भाद्र २०८० ११:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App