१० श्रावण २०८३ आइतबार
image/svg+xml
समाज

गोरखामा भेटिएको शंकास्पद वस्तु डिस्पोज गरियो, एमसीसीविरोधी पर्चा भेटियो

क्याप्शन

गोरखा नगरपालिका-८ स्थित कट्टेलचोकमा फेला परेको शंकास्पद वस्तु निस्क्रिय पारिएको छ। गोरखा-आँबुखैरेनी सडकखण्डअन्तर्गत पर्ने कट्टलेचोकमा शनिबार बिहान साढे पाँच बजेतिर शंकास्पद बस्तु फेला परेको थियो।  

मुख्य सडकमा प्रेसर कुकरमा टेप बाँधेर राखेको अवस्थामा राखिएकाे शंकास्पद बस्तु नेपाली सेनाकाे टाेलीले डिस्पाेज गरेकाे हाे।कुकरभित्र सिसाका टुक्रा, ब्याट्रीभित्र हुने कालो धुलो र लाइटर भेटिएको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए। शंकास्पद बस्तु डिस्पोज पछि यातायात र जनजीवन सामान्य बनेको उनले बताए। शंकास्पद बस्तु वरिपरि एमसीसी खारेज गरौं, भदौ १६ गते बन्द गरौं लेखिएको पर्चा भेटिएको उनले बताए।  

'शंकास्पद बस्तु भित्र ब्याट्रीभित्र हुने कालो धुलो, सिसाको टुक्रा र लाइटर भेटिएको छ। बम नै त होइन रहेछ।' प्रजिअ भूसालले नागरिक न्यूजसँग भने, 'कसैले तर्साउन राखेको होला। एमसीसीविरोधीहरुले राखे जस्तो देखियो। एमसीसी खारेज गरौं, १६ गते बन्द गरौं लेखिएका केही पर्चा भेटिए। अहिले यातायात चलिसक्यो। जनजीवन सामान्य छ। कसले राख्यो भन्नेबारे अनुसन्धान भइरहेको छ।'

प्रकाशित: १६ भाद्र २०८० ०३:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App