३० चैत्र २०८० शुक्रबार
समाज

संरक्षण अभावले लोप हुँदैछ ढुंगेधारा परिक्रमा परम्परा

भक्तपुरमा चलेका धेरै अच्चमका परम्परामध्ये एक हो, ‘गुपु हिटी सिक वानेगु’ अथात् नौवटा ढुंगेधाराको खोजी गर्न जाने परम्परा। तर परम्परा विस्तारै मासिंदै गएसँंगै यो परम्परा पनि लोपोन्मुख अवस्थामा पुगेको छ।

भक्तपुरमा जनैपूर्णिमाको राति वा गाइजात्रा अर्थात् सापारुका दिन यो परम्परा चल्दै आएको छ। तर आजभोलि परम्परा छैन भन्दा पनि हुन्छ। यही पुरानो परम्परा जोगाउन बिहीबार भक्तपुरको निओ फियुजन बाजा समूह लिवाली भक्तपुरले यो कार्यक्रम गरेको छ।

कार्यक्रम अनुसार बिहान तीन बजेबाट ढुंगेधारा पुग्ने काम सुरु भएको थियो। कार्यक्रम नौ वटा ढुंगेधाराहरूको परिक्रमा गरिसकेको थियो। त्यस अनुसार भक्तपुर, सूर्यविनायक नगरपालिका क्षेत्रका विभिन्न ढुंगेधाराहरूमा पुगेको थियो।

घुम्ने हिटीहरूमा सूर्यविनायक गणेश मन्दिरनजिक रहको ढुंगेधारा (इनारे गणेद्य नपांच्वंगु हिटी), इनारे (सूर्यविनायकको) लुखाहिटी, भार्वाचो बजिगांचा हिटी, नासमना दबूहिटी, तःमारी धभारी चुकहिटी, भुलुचुलु हिटी, तिबुक्छें हिटी, भध्वाका हिटी र तचपाल भिंद्या ेहिटी अर्थात् ढुंगेधाहरू हुन्।

संस्कृतविद् ओम धौभडेलका अनुसार सापारुको दिन नौवटा धारामा मुख धुनुपर्ने परम्परा थियो। त्यस अनुसार यो परम्परा चल्दै आएको धौभडेल सुनाउँछन्।

सापारुको दिन नौजोडी लुगा फेर्नुपर्ने, नौथरी खाएर नौ चोटी भक्तपुरको नगर परिक्रममा गर्नुपर्ने मान्यता पनि रहेको उनी सम्झन्छन्। यो दिन जुनसुकै ढुंगेधारा नभई पूर्व फर्किएको निश्चित नौवटा ढुंगेधारामा मुख धुन जाने परम्परा रहेको उनी सुनाउँंछन्।

पहिलापहिला ढुंगेधारा सामान्यतया पश्चिम र दक्षिण फर्केका मात्रै हुन्थे, धौभडेल थप्छन्, पछि ढुंगेधारा मात्र हुने ठाउँमा पूर्वमा फर्केको धारा पनि हुनुपर्छ भन्ने हेतुले पूर्वमा फर्केको धारा बनाइएको इतिहास छ। यसपछि सापारुमा दिन यी ढुंगेधाराहरूमा पुगेर मुख धुन जाने परम्पराको स्थापना गरिएको उनी बताउँछन्।

संस्कृतविद् ओम धौभडेलका अनुसार सापारुको दिन नौवटा धारामा मुख धुनुपर्ने परम्परा थियो। त्यस अनुसार यो परम्परा चल्दै आएको धौभडेल सुनाउँछन्।

जानकारहरूका अनुसार यो परम्परा अनुसार पहिलो सुरुवात भक्तपुरको सूर्यविनायक नगरपालिकामा रहेको सूर्यविनायक गणेश मन्दिरमा अवस्थित ढुंगेधाराबाट सुरु हुन्छ। त्यसपछि क्रमशः भक्तपुरको तचपाल अर्थात् दत्तात्रयमा रहेको भिंद्यो हिटी वा ढुंगेधारामा आएर समापन गरिन्छ। घुम्ने हिटीहरूमा सूर्यविनायक गणेश मन्दिरनजिक रहको ढुंगेधारा (इनारे गणेद्य नपांच्वंगु हिटी), इनारे (सूर्यविनायकको) लुखाहिटी, भार्वाचो बजिगांचा हिटी, नासमना दबूहिटी, तःमारी धभारी चुकहिटी, भुलुचुलु हिटी, तिबुक्छें हिटी, भध्वाका हिटी र तचपाल भिंद्याहिटी अर्थात् ढुंगेधाहरू हुन्। यी ढुंगेधारा मल्लाकालीन बनेको बताइन्छ।

ढुंगेधारा परिक्रमा कार्यक्रमको आयोजक संस्था निओ फ्युजन स्कुल अफ कम्प्युटरका सञ्चालक समेत रहेका बालकृष्ण बनमालाले परिक्रमाको क्रममा धेरै ढुगेधाराहरू अस्तव्यस्त भेटिएको जनाए। ‘कुनैमा पानी नै आउन छोडेको र कुनै लोप हुने अवस्था रहेको देखिन्छ,’ परम्परामा सहभागी भएको समूहका अध्यक्ष बनमालाले भने।

साथै पानी आउने हिटी अर्थात ढुगेधारा पनि सबै व्यवस्थित नभएकोले यसलाई व्यवस्थित बनाउनुपर्ने खाँंचो उनले औंल्याए। आवश्यक हेरचाह नहुँंदा पानी नआउने ढुंगेधारा त झन् लोप हुने अवस्थामा रहेको बनमाला सुनाउँछन्।

‘यो पूर्व फर्किएको ढुंगेधारा खोज्ने वा मुख धुन जाने परम्परा मासिएको खण्डमा ढुंगेधारा पनि मासिँदै जानेमा दुईमत छैन,’ उनले भने, यसले यसको अस्तित्व नै हट्दै वा लोप हुनसक्ने हुन्छ। त्यसैले यस परम्परालाई जीवन्त राखेर ढुंगेधारा पनि जीवन्त अवस्थामा राख्नुपर्ने उनको जोड छ। संस्थाले यस कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिने योजना रहेको उनी बताउँछन्।

ढुंगेधारा परिक्रमा कार्यक्रमको आयोजक संस्था निओ फ्युजन स्कुल अफ कम्प्युटरका सञ्चालक समेत रहेका बालकृष्ण बनमालाले परिक्रमाको क्रममा धेरै ढुगेधाराहरू अस्तव्यस्त भेटिएको जनाए।

यात्रामा सहभागी प्रवीण बनमालाले अरूबेला ढिलै उठने बानी भए पनि बिहीबार भने तीन नै बजेर उठेर कार्यक्रममा सहभागिता जनाएको सुनाए। यसले आफूलाई पुरानो परम्पराबारे जानकारी हुनुका साथै पुराना ढुंगेधाराहरूको महŒव बुझन सघाएको अनुभव उनले सुनाए।

प्रकाशित: १५ भाद्र २०८० ०२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App