७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

प्राविधिक समस्या देखिएपछि एमाले नेताहरु चढेको विमान जनकपुर अवतरण हुन सकेन

विमानस्थलमा जहाज कुर्दै एमाले नेताहरू। तस्वीरः सुरेन्द्र पाण्डेको फेसबुकबाट

नेकपा एमाले नेताहरु चढेको वुद्ध एयरको जहाज जनकपुर विमानस्थलमा ल्यान्ड हुन नसकेपछि काठमाडौं फिर्ता भएको छ।

सिरहामा हुने सचिवालय बैठकमा सहभागी हुन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ, बिष्णु पौडेल, अष्ट लक्ष्मी शाक्य, उपमहासचिव बिष्णु रिमाल, नेता अमृत बोहरालगायत बुद्ध एयरको विमानमा जनकपुर जाँदै थिए।

विमानस्थल नजिकै पुगेर प्राविधिक समस्या आएपछि जहाज काठमाडौं नै फिर्ता भएको बुद्ध एयरले बताएको छ। प्राविधिक समस्या के हो भन्ने बुद्ध एयरले खुलाएन। उनीहरुलाई अर्को जहाजका हालेर पठाउने तयारी भइसकेको बुद्ध एयरले जनाएको छ।  

बुद्ध एयरका कर्मचारीले भने, 'सानो प्राविधिक समस्या आएर फर्किएको हो। कल साइन त भन्न मिल्दैन। अब अर्को जहाजमा पठाउन बोर्डिङ पास गरिसक्नु भयो, टेक अफ हुनमात्र बाकी छ।'

सिरहाको धनगढीमाइ नगरपालिका–१४, सर्रेअम्वासमा आज एमाले सचिवालय बैठक बस्दै छ। साेही बैठकमा सहभागी हुन नेताहरू गएका हुन्। 

प्रकाशित: १३ भाद्र २०८० ०४:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App