२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

हात्तीलाई योगाशन

यस्तो पनि!

योग मानव जातिका लागि स्वस्थ हुने ज्यादै प्रभावकारी अभ्यास हो। तर केही सक्रिय हात्ती नियमित रूपमा योग गर्छन्। अमेरिकाको ह्युस्टनस्थित चिडियाखानाका हात्तीलाई नियमित रूपमा योग कक्षा सञ्चालन गर्ने गरिन्छ।

चिडियाखानाकी हात्ती विभाग हेर्ने ३३ वर्षीया क्रिस्टिन विन्डलले त्यहाँका हात्तीहरूले नियमित रूपमा योग गर्ने गरेको बताउँछिन्। यो चिडियाखानामा झण्डै सय वर्षदेखि हात्तीहरूलाई नियमित रूपमा योग सिकाइएको विन्डलको भनाइ छ।

विन्डलको काम चिडियाखानामा रहेका १२ एसियाली मूलका हात्तीको लचकता, ऊर्जा, सक्रियता, छालाको अवस्था आदि हेर्नु हो र तिनमा योगले खेलेको भूमिका समेत उनी परीक्षण गर्छिन्।

‘हामीले गएका धेरै वर्षहरूदेखि योग गराइरहेका छौँ, त्यसैले तिनका गतिविधि नियाल्न मद्दत पुगिरहेको छ,’ उनी भन्छिन्, ‘अहिलेसम्मको अध्ययनले योगले उनीहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव देखिन्छ।’

यी हात्तीलाई फाइदा पुगेको देखिएपछि यतिबेला अमेरिकाभरिका हात्तीलाई योग सिकाइने गरेको पनि उनी बताउँछिन्। यसको देखादेखीमा संसारभर पनि यसको नक्कल गर्न थालिएको विन्डलको धारणा छ। योगले उनीहरूको बढ्दो उमेरजन्य समस्यालाई न्यूनीकरणका लागि भूमिका खेलेको उनी बताउँछिन्।

सन् २०१२ मा यो चिडियाघरमा आएपछि नै हात्तीयोगका बारेमा सुनेकी थिइन्। आएकै दिनदेखि थाइल्यान्ड नामक हात्तीसँग विन्डलको सामीप्य भयो। हाल ५७ वर्षको थाइल्यान्ड र उनीबीच अहिले पनि आत्मिय सम्बन्ध छ। यस चिडियाघरले हात्तीका छावा/छावीलाई चार महिनाको उमेरदेखि तालिम दिन्छन्। टेनिस बल पक्डने, कुचो समाउने र ती सामग्रीसँग खेल्ने अभ्यास गराइन्छ। पछि छावा÷छावीलाई तिनको शरीर लचकदार बनाउने विभिन्न गतिविधि बढाइन्छ।

यी छावा/छावीले गतिलो अभ्यास गरे भने पुरस्कारसमेत पाउँछन्। पुरस्कारका रूपमा केरा, पाउरोटी, विभिन्न गेडागुडीका साथै आलुको व्यवस्था गरिएको छ। उमेर बढ्दै जाँदा उनीहरूको योग शिक्षा अलि कडा पनि हुन्छ। जस्तो कि, अगाडिका दुई पाउ उठाउने, पछाडिका दुई गोडालाई तारमा अड्काउने, टुक्रुक्क बस्नेजस्ता गतिविधि उनीहरूका अप्ठेरा योगाशन हुन्।

आर्थराइटिस रोगले ग्रस्त ५४ वर्षे मेथाइ नामक हात्तीले भने उसको सुताइ र हिँडाइ सुधार गर्न अझ अप्ठेरा योग गर्ने गरेको बताइन्छ। रोचक त के भने, कहिलेकाहीँ यी हात्तीले अल्छी माने योग नगर्ने छुट पनि दिइन्छ।

-द वासिङ्टन पोस्ट्

प्रकाशित: ११ भाद्र २०८० ०१:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App