८ वैशाख २०८१ शनिबार
समाज

पोखरीमा बाख्रा डुबाएर लुछाचुँडी गर्ने खोकनाको जात्रा (भिडियो)

काठमाडौं–ललितपुरको खोकनास्थित देवपोखरीमा बुधवार जात्रा हेर्न उल्लेख्य मानिसहरु जुटेका थिए। देवपोखरी जात्रा  खोकनाको अर्को पहिचान हो। नेवार समुदायले गाईजात्राको भोलिपल्ट मनाउने यो जात्रा अनौठो छ । रुद्रायणी मन्दिर र पोखरी आसपासमा मानिसहरु देवपोखरी जात्रा हेर्न व्यग्रतापूर्वक प्रतिक्षामा थिए। जात्रा हेर्नेको भिडमा एक युवा देखा पर्छन्, जसको काँधमा खैरो रंगको बाख्रा थियो। उनी सरसर पोखरी छेउ पुग्छन् र काँधमा त्यो पाठी बोकेकै अवस्थामा पोखरीमा हाम फाल्छन्। अन्य युवाहरु पनि पोखरीमा थपिन्छन् र बाख्रालाई पोखरीमा डुबाउँछन्। जात्रा यसरी सुरु हुन्छ।

पौडीबाज युवहरुको हातबाट फुत्केर सास फेर्न पाठी अनेक प्रयत्न गर्छ। एकपटक पाठी फुत्कन्छ र पानी माथि तैरेर स्वास फेर्ने चेष्ठा गर्छ। तत्क्षण पाठीलाई फेरी पानी मुनि दबाइन्छ। त्यसपछि सुरुहुन्छ बाख्रा खोसाखोसको क्रम। १५–२० जना युवाहरु भिन्नभिन्न समूहमा बाँडिएर मरिसकेको बाख्रालाई लुछाचुँड गरेर आफ्नो कब्जामा लिन प्रयत्न गर्छन्।

हरेक बर्ष मनाईने यो देवपोखरी जात्रा विवादमा आउने गरेको छ। अमानवीय ढंगले पाठीलाई यातना दिइने गरेको भन्दै जात्राको आलोचना हुने गरेको छ। तर आयोजक समितिले  यो परम्परागत जात्रा भएको र स्थानीयको संस्कृति भएकोले यसलाई विवादमा नल्याउने आग्रह गरेका थिए।

भिडियो

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित: २५ श्रावण २०७४ १४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App