१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

धादिङ बस दुर्घटनामा मृत्यु भएकामध्ये चारजनाको मात्र सनाखत (अपडेट)

धादिङको गजुरीमा भएको बस दुर्घटनामा मृत्यु हुने मध्ये चारजना यात्रुको मात्र सनाखत भएको छ। दुर्घटनामा सबैगरि आठजना यात्रुको ज्यान गएको थियो।

धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार म्याग्दीको रघुगंगा गाउँपालिका–३ का थानबहादुर भण्डारी (५०), पर्वतको मोदी गाउँपालिका–१ की किर्तिका शर्मा पौडेल (१५), धादिङको गजुरी गाउँपालिका–८ का सविन रम्तेल (२५) र कास्कीको पोखरा–११ फूलबारीका सुमन थापा (२५)  को मात्र सनाखत भएको छ। अरु चारजना मृतकको पहिचान नभईसकेको उनले बताए।  

काठमाडौंबाट म्याग्दीको बेनी आउँदै गरेको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा बुधबार बिहान सवा ११ बजेतिर दुर्घटनामा परेको थियो। बस दुर्घटनामा ६ जना पुरुष र २ जना महिलाको मृत्यु भएको प्रहरीको भनाई छ। बस त्रिशुली नदीमा खसेको थियो। अनियन्त्रित भएको बस राजमार्गबाट करिब ४० मिटर तल नदीमा खसेको प्रहरीको भनाई छ।

‘अहिलेसम्म ८ जनाको मृत्यु भएको, १४ जना यात्रुलाई उपचारका लागि काठमाडौं पठाएको र चालक र सहचालक गरि बसमा २४ जना रहेको पुष्टि भएको छ,’ धादिङ प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सन्तुलाल प्रसाद जैशवारले भने, ‘चालक दीपक थापा र सहचालक रोशन तामाङ पनि घाईते छन्। उनीहरुको पनि उपचार भईरहेको छ।’

म्याग्दी कोरला बस कम्पनिले यो बस संचालन गरेको थियो। कम्पनिका अध्यक्ष मोहन केसीका अनुसार प्रदेश ३–०१–००५ ख ९९५२ यो बस गण्डकी–धवलागिरी यातायात प्रालिबाट संचालित थियो।  केसीका अनुसार २३ सिट क्षमताको यो बस काठमाडौंबाट बिहान ७ बजे २० जना यात्रु लिएर बस हिडेको थियो। जसमा बेनीका ६ जनाले टिकट काटेका थिए। अरु यात्रु पोखरा, पर्वत, बागलुङ लगायतका सहरका थिए।  

प्रकाशित: ६ भाद्र २०८० १०:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App