२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्कुल बसले ठक्कर दिँदा बालकको मृत्यु

मोरङको बुढीगंगा गाउँपालिका १ स्थित मिलन चोकमा स्कुल बसले ठक्कर दिँदा एकजना बालकको मृत्यु भएको छ। मंगलबार दिउँसो चार बजेतिर स्कुल बसले ठक्कर दिँदा १२ वर्षीय बालक सन्देश सुनामको मृत्यु भएको प्रहरीले जनाएको छ।

खोटाङ घर भई बुढीगंगा १ बस्दै आएका प्रदीप परियारका छोरा सन्देशको स्कुल बसको ठक्करबाट मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। उनले भित्री सडक खण्डमा साइकलमा यात्रा गरिरहेका सन्देशलाई ग १ क ६०१८ नम्बरको स्कुल बसले ठक्कर दिएको बताए। ठक्कर दिएको बसमा भानु स्कुल लेखिए पनि बसभित्र सेन्टमेरिज बोर्डिङ स्कुलका विद्यार्थी सवार थिए। बसले भानुका विद्यार्थी नभई सेन्टमेरिजका विद्यार्थीलाई घर पु¥याउन जाँदा दुर्घटना भएको हो। सेन्टमेरिजले अन्य स्कुल र व्यक्तिसँग भाडा लिएर विद्यार्थी ओसार्दै आएको छ।

प्रकाशित: ६ भाद्र २०८० ०२:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App