२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

यत्रतत्र छाडा चौपायाले सकस

कपिलवस्तुमा छाडा चौपाया व्यवस्थापन नहुँदा समस्या परेको गुनासो स्थानीयले गरेका छन्। जतिसक्दो छिटो छाडा चौपाया व्यवस्थापन हुनुपर्ने जिल्लावासिको माग रहेको छ।  

कपिलवस्तु नगरपालिका–३ का अध्यक्ष प्रकाश गैह्ेले जतिसक्दो छिटो छाडा चौपाया व्यवस्थापन हुनुपर्ने बताए। छाडा चौपायाको तत्कालै ब्यवस्थापन गर्न नसक्दा झमेला बेहोर्नुपरेको उनको भनाई छ। चौपाया ब्यवस्थान नहुँदा किसानले लगाएको बालीनाली सखाप पारेको उनले बताए।  

‘किसानले लगाएको बालीनाली छाडा चौपायाले खाइदिएर सखाप भएको छ,’ उनले भने, ‘यो समस्या समाधान नभए यसले झनै मार पार्नेछ। जसरी भएपनि छाडा चौपाया व्यवस्थापन हुनुपर्छ।’ कतिपय स्थानीयले सडकमै चौपाया छाड्ने गर्दा यो समस्या बढ्दो रहेको उनले बताए।  

उनका अनुसार छाडा चौपायाका कारण अहिले किसानले लगाएको धानबाली सखाप भएको छ। राजमार्गमा जथाभावि चौपाया हिड्दा र बस्दा सवारी दुर्घटना समेत बढदै गएको उनले बताए । ‘छाडा चौपायाको समस्या समाधानमा ढिलाई गर्नैहुन्न,’ उनले भने ।

बढ्दो छाडा चौपायका कारण सर्वसाधारणलाई सदरमुमका तौलिहवा बजारमा हिडडुल गर्न समेत समस्या हुने गरेको छ। तौलिहवाका सडक, चोक, गल्ली, हाटबजारमा छाडा चौपायाले सताएको स्थानीयको भनाई छ। सदरमुकाममा मात्र नभई जिल्लाको गाँउ देखि सहर र किसानदेखि व्यावसायी समेत छाडा चौपायाका कारण समस्यामा पर्ने गरेका छन।  

‘नगरक्षेत्रमा यतिबेला छाडा चौपाया यतिधेरै बढेका छन की निर्वाध रुपमा सवारी चलाउन पनि बाधा परिरहेको छ,’ उनले भने। त्यस्तै चौपायाले गर्ने दिशापिसाबकै कारण बजार क्षेत्रमा दुर्गन्ध बढेको छ। मूल बाटोमा गाईबस्तु बस्ने भएकाले सवारी चलाउन र कतिपय बेला त सवारीसाधनको आवागमनमा समेत अवरोध हुने गरेको उनले बताए।  

सवारी दुर्घटनामा परेका चौपाया घाइते र अंगभंग तथा कतिपयले ज्यानै फाल्ने समेत उनको भनाई छ। ‘छाडा चौपाया ब्यवस्थापन नगरिए आन्दालनमै उत्रिन बाध्य हुनेछौ,’ उनले भने, ‘कपिलवस्तुका नगरपालिका, प्रदेश र संघीय सरकारले यसको चाडै ब्यवस्थापन गरोस।’ छाडा चौपायाले सताएपछि बुद्धभूमि नगरपालिकाले व्यस्थापनबारे छलफल पनि चलाउने तयारी गरेको उनले बताए।  

प्रकाशित: ५ भाद्र २०८० ०९:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App