६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

‘बायो लार्भिसिद’ जैविक औषधिले लामखुट्टेको लार्भाबाहेक कसैलाई हानि गर्दैनः मेयर बालेन

‘बायो लार्भिसिद’ नामक जैविक औषधि प्रयोगबारे जानकारी दिइदै। तस्बीर साैजन्यः मेयर बालेन शाहकाे फेसबुकबाट

काठमाडौं महानगरपालिकाले महानगरपालिकामा डेङगु रोग फैलन नदिन लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक ‘बायो लार्भिसिद’ नामक जैविक औषधि प्रयोग गर्ने भएको छ।

महानगरपालिकाका प्रमुख बालेन शाहले काठमाडौंमा डेङ्गु फैलन नदिन लामखुट्टेको लार्भा नष्ट गर्न पहिलोपटक बायो लार्भिसिद नामक जैविक औषधि प्रयोग गर्न लागिएको बताए। उनले यो औषधि जैविक भएको र यो औषधिले लामखुट्टे तथा त्यसका लार्भाबाहेक कसैलाई हानि नगर्ने बताए। औषधिले पूर्ण विकसित हुन नपाउँदै लामखुट्टेको लार्भा मर्ने उनको भनाइ छ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘यो औषधि जैविक हो, यसले लामखुट्टे र त्यसको लार्भाबाहेक कसैलाई पनि हानि गर्दैन, यो विषादी होइन, औषधिलाई पानीको माथिलो भागमा छर्किनुपर्दछ, यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ, यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ, यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ, औषधिले डेङ्गुसहित, फिलारिया, औलो (मलेरिया), चिकन्निया जस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ।’

डेङ्गु रोगबारे परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट चौबिसै घण्टा सञ्चालन गरिएको तथा अस्पताल जानुपरे १०२ नं. मा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको र स्वास्थ्य केन्द्रहरूमा डेङ्गु रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको प्रमुख शाहले बताएका छन्।

प्रकाशित: ५ भाद्र २०८० ०८:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App