२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तीन वर्षपछि राष्ट्रिय परिचयपत्र वितरण

सेवाग्राहीलाई परिचयपत्र कार्ड वितरण गर्दै प्रमुख जिल्ला अधिकारी गौतम। तस्बिर: महेश्वर/नागरिक

फाराम भरेको तीन वर्षमा बल्ल ‘राष्ट्रिय परिचयपत्र’ वितरण गरिएको छ। २०७७ असोज सुरुदेखि थालिएको फाराम भर्ने क्रम हालसम्म जारी रहेको परिचयपत्र (आइकार्ड) भने साउन अन्तिममा मात्र आएको हो।

सुरुमा मन्त्रालयबाटै खटिएको टोली सदरमुकाम त्रियुगा नगरपालिका आएर फाराम भराएकोमा केही समयपछि अन्य नगरपालिका कटारी, चौदण्डीगढी र बेलकामा पनि टोली परिचालन गरिएको थियो। त्यसको केही समयपछि लिम्चुङबुङ, रौतामाई, ताप्ली र उदपुरगढी गरी जिल्लाका चारवटै गाउँपालिका गरी आठवटै स्थानीय तहमा टोली परिचालन गरेरै फाराम भराइएको थियो। २०७७ असोज ४ देखि स्थानीय तहमा सुरु भएको फाराम भर्ने अभियान २०७८ भदौ ६ सम्म चलेको थियो।

कर्मचारी टोली हरेक स्थानीय तहमा परिचालन गरेर फाराम भराइएको र त्यससँगै जिल्ला प्रकाशन कार्यालयमा पनि छुट्टै डेस्क खडा गरेर फाराम भराउने काम भएको थियो। प्रशासनमा ०७७ मंसिर १४ देखि सुरु फाराम भर्ने क्रम हालसम्म चलिरहेको छ। राष्ट्रिय परिचयपत्र शाखाका कम्प्युटर अपरेटर जीवन फुयालले उदयपुरमा हालसम्म एक लाख ५२ हजारले फाराम भरिसकेको बताए। उनका अनुसार फिल्डमा फाराम भर्नेको संख्या ४५ हजार रहेको छ।

त्यस्तै जिल्ला प्रशासन कार्यालयमार्फत एक लाख सात हजार हाराहारीले फाराम भरेका छन्। प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पहिलो चरणमा ३६ हजार थान कार्ड वितरण भइरहेको बताए। उनका अनुसार फाराम भरेर बाँकी प्रक्रियाका लागि प्रशासनले गृह मन्त्रालय पठाउने र मन्त्रालयबाटै तयार भएर आउने भएकाले कार्ड फाराम भरेको झन्डै तीन वर्षपछि मात्र आएको हो। उनले आइपुगेको कार्ड सर्वसाधारणलाई वितरण गर्ने काम भइरहेको बताए।

प्रकाशित: ४ भाद्र २०८० ०२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App