८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

साल जातको गोलिया काठ बरामद

लुकाई छिपाई राखिएकाे साल जातको गोलिया काठ प्रहरीले बरामद गरेको छ।

मधुवननगरपालिका–७ गंगाबस्ती स्थित गोपाल मगरको मकै बारी स्थितबाट प्रहरीले शनिबार साल जातको गोलिया काठ बरामद गरेको हो। प्रहरीले १४ वटा साल जातको गोलिया काठ बरामद गरेको छ। 

प्रहरीका अनुसार बरामद काठ ६७.४१ क्युफिट अन्दाजी मुल्य १ लाख ६८ हजार ५ सय २५ बराबरको छ। काठ बरामद गरी आवश्यक कारबाहीको लागि सब-डिभिजन वन कार्यालय सानोश्रीमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मतबहादुर बोहराले जानकारी दिए।

प्रकाशित: २ भाद्र २०८० १३:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App