२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कर्णाली राजमार्गमा गाडी तानेर चलाउनुपर्ने बाध्यता

कालिकोटको सुनार खोलामा फसेका गाडी । तस्बीरः ललित विष्ट

सामान्य वर्षा हुँदा पनि कर्णाली राजमार्गमा गाडी तान्नुपर्ने बाध्यता रहेको छ। हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने कर्णाली राजमार्गले यात्रुलाई सास्ती दिने गरेको छ।  

दुई तीन दिनदेखि परेको अविरल वर्षाका कारण कालिकोटको सुनार खोलामा यात्रुहरुले गाडीलाई डोरीमा बाधेर तान्नु परेको हो। वर्षेनी कर्णाली राजमार्गमा संचालन हुने साना तथा ठुला सवारी साधनलाई सुनार खोलाले सास्ती दिर्दै आएको छ।  

हिउँदमा धुलाम्मे हुने सुनार खोला वर्षामा हिलाम्मे भएपछि गाडिलाई आवतजावतमा समस्या हुने गरेको गाडी चालक भक्त रावतले बताए। उनले भने, 'दैलेख र कालिकोट खण्ड निकै जोखिम छ। वर्षाले सडकमा सास्ती थपेको छ।'

कर्णाली राजमार्गको नाग्मदेखि मुगुको सडकमा पनि धेरै सास्ती हुने गरेको छ। अहिले नेपालगन्जबाट हिडेको तीन दिनमा मुगु पुग्ने गरेको चालकहरूको भनाइ छ।

हिउँदमा दुई दिन लाग्ने सडकमा अहिले तीनदिन लाग्छ। बाटोमा गाडी जाम भयो भने एक हप्ता पनि लाग्छ। कर्णाली राजमार्गमा  कालिकोटको सुनार खोला र टाकुल्ला खोलाको सास्तीले बाटो छिचोल्न धेरै समय लाग्ने गरेको छ।

प्रकाशित: ३२ श्रावण २०८० ०६:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App