२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रहरीले बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै स्थानीयले गरे राजमार्ग अवरुद्ध

धनुषामा प्रहरी जवानले  बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै स्थानीयले पूर्व पश्चिम राजमार्गमा अवरुद्ध गरेका छन्।

प्रहरी चौकी लालगढमा कार्यरत प्रहरी जवान रुपेश चौधरीले स्थानीय १४ वर्षीय बालिकामाथि यौन दुर्व्यवहार गरेको भन्दै स्थानीयले राजमार्गमा अवरुद्ध गरी प्रदर्शन गरेका हुन्।  

मंगलबार राति प्रहरी जवान चौधरीले बालिकामाथि यौन दुर्व्यवहार गरेको घटना सर्वजनिक भएपछि उनलाई पक्राउ गरि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए। डिएसपी गौतमका अनुसार आरोपित जवानलाई हिरासतमा राखी अनुसन्धान सुरु गरिएको छ।

बालिका मामाको घर पुजा हेर्न गएकी थिइन्। त्यहीँ पुजामा दुईजना प्रहरी पनि सहभागी थिए। सोही क्रममा प्रहरी जवान चौधरीको हात भुलबसमा बालिकाको शरीरमा छोएको आरोपित प्रहरीको उदृत गर्दै डिएसपी गौतमले बताए। यस विषयमा छलफलको लागि उनीहरूलाई बोलाएको छ। अहिले छलफल चलिरहेको छ।

दुई पक्षबीच बुझाईमा पनि फरक परेकोले यस्तो अवस्था सिर्जना भएको हुनसक्ने प्रहरीको भनाइ छ। प्रहरीले घटना लुकाउन खोजेको भन्दै स्थानीयहरुले पूर्व पश्चिम राजमार्गमा अवरुद्ध गरी प्रदर्शन गरेका छन्। उनीहरुले प्रहरी विरुद्ध चर्को नाराबाजी समेत गरेका छन्।  

अहिले राजमार्ग खुलिसकेको स्थानीयले बताएका छन्।  

प्रकाशित: ३१ श्रावण २०८० ०९:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App