१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

पृथ्वीनारायण शाहको शालिक पुनः स्थापनाको माग गर्दै माइतीघरमा प्रदर्शन

पोखराको पृथ्वी चोकमा पृथ्वीनारायण शाहको शालिक पुनः स्थापना गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको छ।

सोमबार नागरिकको तर्फबाट माइतीघर मण्डलामा भेला भई पोखरास्थित पृथ्वी चोकमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक पुनः स्थापनाका लागि दबाब दिइएको हो।

पोखरा महानगरपालिकाले पोखराको पृथ्वी चोकमा रहेको पृथ्वीनारायण शाहको शालिक हटाएको थियो। बुधवार एक समूहले सडकमा फालेको पृथ्वीनारायण शाहको प्रतिमा बिहीबार राप्रपाका युवालगायतले पुनः स्थापना गरेका थिए। पुनः शुक्रवार महानगरले हटाएको शालिक हटाएपछि पोखरा लगायतका स्थानमा नागरिकहरुले शालिक पुनः स्थापनाको माग गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको विरोध गरेका छन्।

प्रदर्शनकारीहरुले शालिक चोर देश छोड, इतिहास मेट्न पाइँदैन, सर्वपक्षीय निर्णयको नाटक मञ्चन गर्न पाइँदैन, राष्ट्रिय एकतामा खलल पुर्‍याउने काम बन्द गर, शहीद लखन थापाको शालिक ससम्मान स्थानान्तरण गर लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए।

प्रकाशित: २९ श्रावण २०८० ०९:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App