१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

नेपालगन्ज शहर: टाँगा चल्न छाड्यो, घाँस पनि बिक्री हुन छाड्यो

‘पानीमा रुझ्दै दिनभरि घाँस खोजेर बल्लबल्ल एक बोरा बनाइन्छ। त्यही पनि घाँस बेच्दा पाँच-दश रुपैयाँमा बेच्नुपर्छ। हाम्रो मेहनत र मर्का कसले बुझिदिने?’

बाँकेका नेपालगन्ज उपमहानगरपालिका-८ घसियारन टोलकी गुड्डी घरियार गुनासो गर्छिन्। उनले घाँस बेचेर आएको  एकदेखि डेढ सय रुपैयाँसम्मको कमाइले छ जनाको परिवारलाई पाल्नुपरेको छ।

उनी भन्छिन्,‘श्रीमान् बिरामी भएदेखि परिवारको सबै जिम्मेवारी मेरै काँधमा आएको छ। श्रीमान् बिरामी नहुँदा उहाँले पनि मजदुरी गर्नुहुन्थ्यो र घर चलाउन सजिलो हुन्थ्यो। उहाँ बिरामी भएदेखि उहाँको उपचार खर्चदेखि साँझबिहानको छाक टार्न मलाई धेरै नै मेहनत गर्नुपरेको छ।’

गुड्डीलाई घाँस काट्न सघाउँछिन् उनकी १७ वर्षीया छोरी सोनी घँसियारले। ३ कक्षा पढ्दा पढ्दै स्कुल जान छाडेकी सोनी आमासँगै नेपालगन्जका खाली चौरमा घाँस काट्न जान्छिन्। घाँस काटेर जीविकोपार्जन गर्ने गुड्डीको परिवार तेस्रो पुस्ताको परिवार हो।

उनी भन्छिन्,‘श्रीमान् बिरामी भएदेखि परिवारको सबै जिम्मेवारी मेरै काँधमा आएको छ। श्रीमान् बिरामी नहुँदा उहाँले पनि मजदुरी गर्नुहुन्थ्यो र घर चलाउन सजिलो हुन्थ्यो। उहाँ बिरामी भएदेखि उहाँको उपचार खर्चदेखि साँझबिहानको छाक टार्न मलाई धेरै नै मेहनत गर्नुपरेको छ।

गुड्डीका अनुसार पहिला नेपालगन्जमा टाँगा चल्ने गर्थ्याे र घाँस पनि राम्रै बिक्री हुन्थ्यो। हिजोआज टाँगाको ठाउँमा अटोरिक्सा चल्ने भएकाले मान्छेले घोडा पाल्न छाड्दै गए र घाँस किन्ने पनि घट्दै गए।

‘पहिलापहिला घोडाका लागि घाँस किन्ने हिजोआज बाख्राका लागि घाँस किन्न आउँछन्’, उनले भनिन्, ‘घोडा र बाख्राले खाने आहारमा धेरै फरक हुन्छ। आहार फरक भएपछि घाँस खरिदसँगै कमाइ पनि घट्नु स्वाभाविक हो।’

गुड्डीले जस्तै घाँस काटेर अनि बेचेर परिवारको जिम्मेवारी सम्हाल्दै आइरहेकी छन् मीना घँसियारले पनि। श्रीमानको मृत्युपछि दुई सन्तानसँगै जीविकोपार्जन गर्न मीना पनि गुड्डी जस्तै नेपालगन्जका खाली ठाउँमा बोरा बोक्दै दिनभरि घाँस काट्न जान्छिन्।

गुड्डीका अनुसार पहिला नेपालगन्जमा टाँगा चल्ने गर्थ्याे र घाँस पनि राम्रै बिक्री हुन्थ्यो। हिजोआज टाँगाको ठाउँमा अटोरिक्सा चल्ने भएकाले मान्छेले घोडा पाल्न छाड्दै गए र घाँस किन्ने पनि घट्दै गए।

उनको पनि दिनभरिको घाँसबाट साँझ कमाइ भनेको त्यही सयदेखि डेढ सय जतिको हुन्छ। ‘घाँस किन्न आउनेले हाम्रो न मेहनत बुझ्छन् न त हाम्रा बालबच्चामा दयामाया नै देखाउँछन्’, मलिन मुहार बनाउँदै उनी भन्छिन्, ‘हामीले बीस रुपैयाँ भनेको घाँसलाई किन्नेले पाँच रुपैयाँ भन्छन्।

कसैले  पाँच रुपैयाँ  त कसैले दश दिएर लैजान्छन्। साँझ परिसकेको हुन्छ। घरमा छोराछोरीलाई खाना पकाउने हतारोमा पाँच–दश रुपैयाँमा भए पनि बेच्न पर्ने हाम्रो बाध्यता छ।’

वर्षामा भन्दा हिउँदमा घाँसको मूल्यमा केही तलमाथि हुने भएकाले हिउँदमा दैनिक दुईदेखि तीन सय रुपैयाँसम्मको कमाइ हुने बताउँछिन् मीना। घाँसबाट कमाएको पैसाले घरपरिवार चलाएर मीनाले डेढ लाख रुपैयाँ बचत गरेको बताइन्।

मीनालाई डेढ लाख रुपैयाँ बचत गर्न २० वर्ष लागेको बताइन्। ‘छोरीको विवाहका लागि भनेर मैले २० वर्षदेखि घरखर्चबाट पैसा जोगाएर सहकारीमा डेढ लाख रुपैयाँ बचत गरेकी थिएँ। तर,त्यो सहकारी नै भागेपछि मेरो वर्षौदेखिको कमाइ खेर गयो। मैले छोरीको विवाह गर्न सकेकी छुइनँ’, उनले दुःखी हुँदै भनिन्।

वर्षामा भन्दा हिउँदमा घाँसको मूल्यमा केही तलमाथि हुने भएकाले हिउँदमा दैनिक दुईदेखि तीन सय रुपैयाँसम्मको कमाइ हुने बताउँछिन् मीना।

मीना र गुड्डीको भन्दा फरक छैन परेमपति घसियारको व्यथा पनि। ४० वर्षको उमेरमा हजुरआमा बनेकी परेमपतिको चार पुस्ता नै घाँसको भरमा बाँच्दै आइरहेको छ। श्रीमान् र छोराले मजदुरी गरे पनि काम नपाउँदा उनीहरूबाट कमाइ नहुने परेमपतिको भनाइ छ।

हिउँदको चर्को घाम होस् या वर्षा मासको झरी घाँस काट्ने काम भने निरन्तर हुने भएकाले मजदुरी जस्तो अभाव नहुने उनको भनाइ छ।

‘मजदुरी त पाइए गर्ने हो, नपाइए घरमै बस्ने हो तर घाँस काट्न त बाह्रै मास पाइन्छ। त्यसैले हाम्रो घरको चुल्हा यही घाँसबाट कमाइको पैसाले नै बल्ने गरेको छ’, परेमपतिको कमाइ पनि यो सिजनमा सयदेखि डेढ सय रुपैयाँसम्म मात्र हुने गर्छ।

सत्ताइस घरधुरी भएको उक्त घसियार टोलको एउटा घरमा तीन देखि १४ जनासम्मको सदस्य छन्। घाँस काट्ने र बेच्ने जति सबै महिला नै हुन्छन्। साँझपख टोल नजिकै रहेको खाली ठाउँमा आआफूले काटेको घाँसको थुप्रो लगाएर महिला मात्र घाँस बेच्ने गर्छन्। उनीहरूले बेच्ने घाँसको निश्चित मूल्य नै छैन। यसले जतिमा बेच्न सक्यो, त्यति नै त्यहाँ घाँसको मूल्य बनेको हुन्छ।

घाँस बिक्रीका लागि स्थानीय सरकारले निश्चित मूल्य तोकिदिए आफूहरूको आर्थिक अवस्था थोरै भए पनि बलियो हुनमा सहयोग पुग्ने सोही टोलका २८ वर्षीय सुरेश घँसियार बताउँछन्।

उनी भन्छन्,‘ दिनभरि घामपानी केही नभनी दुःख गरेर आमाबहिनीले काटेको घाँस साँझ पाँच रुपैयाँमा बेच्नुपर्ने बाध्यता छ। स्थानीय सरकारले नै घाँसको मूल्य निर्धारण गरिदिए किन्ने र बेच्नेले पैसामा बार्गेनिङ नै गर्नुपर्दैनथ्यो नि।’

नेपालगन्जको मुटुका रूपमा चिनिने त्रिभुवनचोक नजिकै रहेको घँसियार जातिको तीनचार पुस्ता घाँसकै भरमा बाँच्दै आएको नगरका पूर्वउपप्रमुख तथा टोलका स्थानीयवासी शमशुद्धिन सिद्धीकी बताउँछन्। उनका अनुसार पुस्तौं पुस्तादेखि घाँसकै भरमा बाँच्दै आएका घँसियारको आर्थिक अवस्था उनीहरूको पहिलो पुस्ताको जस्तो थियो आज तेस्रो/चौथो पुस्तासम्म आइपुग्दा पनि उस्तै छ।

घाँस बिक्रीका लागि स्थानीय सरकारले निश्चित मूल्य तोकिदिए आफूहरूको आर्थिक अवस्था थोरै भए पनि बलियो हुनमा सहयोग पुग्ने सोही टोलका २८ वर्षीय सुरेश घँसियार बताउँछन्।

‘हामी नजन्मिदैका कुरा हाम्रो बाजेबज्यैले सुनाउनुहुन्थ्यो पहिलापहिला पाँचदश पैसामा घाँस बिक्री गर्थे रे। आज जम्मा पाँच–दश रुपैयाँमा बिक्री गर्ने गर्छन्। के फरक भएको भन्ने त?’

उनले घँसियारको जीवनलाई परिवर्तन गर्न नसकेको आफू दुःखी भएको बताउँदै उपमहानगरभित्र रहेको उक्त घँसियार टोलका समुदाय वर्षौँदेखि विपन्नतामा बाँचिरहेको बताए। ‘टोलमै हाइस्कुल पढेका मान्छे छैनन्। हातमा सीप छैन। व्यवसाय गर्न लगानी छैन। केही नभएपछि घाँस काटेर जीविका चलाइरहेका छन्।’

उनले भने, ‘उनीहरूको जीवनस्तर उकास्ने खालका कार्यक्रम विभिन्न सम्बन्धित निकायले ल्याइदिने हो भने घसियारका छोराछोरीको भविष्य उज्ज्वल हुने थियो।’

वडाध्यक्ष रसनिश बाजपाईले अझै यो समुदाय चेतनाको हिसाबले पछाडि परेको बताए।

‘शौचालय मर्मतदेखि अन्य योजना बनाउने योजनामा छौं’, उनले भने,‘आगामी दिनमा प्याकेज कार्यक्रम ल्याएर उनीहरूका लागि काम गर्ने योजना बनाएका छौं। घाँसको मूल्य निर्धारण पनि चाँडै गर्नेछौं।’

प्रकाशित: २८ श्रावण २०८० ०७:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App