६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

भारत निर्यात हुन थाल्यो नेपालमा बनेका इको प्यानल

नेपालमा बनेका इको प्यानल (निर्माण सामाग्री) भारत निर्यात हुन थालेको छ। स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने इको प्यालनहरु भारत निर्यात हुन थालिएको हो। 

एसवाई प्यानल कम्पनी नेपालले आफूले उत्पादन गरेका त्यस्ता निर्माण सामग्री भारत निर्यात गर्न थालेको जनाएको हो। यही हप्ताबाट कम्पनीले आफ्ना उत्पादन भारत निर्यात थालेको जनाएको हो। यस्ता निर्माण सामाग्री निर्यात हुन थालेको यो पहिलो पटक भएको जनाइएको छ। नेपालबाट वाल र छानाका प्यानल विदेश निर्यात गर्ने यो पहिलो कम्पनी भएको जनाइएको छ। भौतिक संरचना निर्माणको क्रममा आवश्यक पर्ने यी कम्पनीका वाल र छानाका प्रडक्टहरू भारत निर्यात हुन थालेको जनाएको हो।  

कम्पनीका निर्देशक बिमलराज गोसाईंले कम्पनीले वाल र छानाका प्रडक्टहरू निर्यात गरेको बताए। कम्पनीले पहिलो चरणमा १५ लाख रुपैयाँको निर्माण सामाग्री निर्यात गरेको गोसाईंले बताए। कम्पनीले कोरियन प्रविधिको प्रयोग गरी नयाँ र आधुनिक घरहरूका लागि प्यानल बनाउने गर्दै आएको निर्देशक गोसाईंले बताए।

कम्पनीले उत्पादन गरेका प्रि–फ्याब घर बनाउनका लागि आवश्यक पर्ने सामग्री भारत निर्यात हुन थालेका हुन्। पहिलो चरणमा भारतको सिक्किममा प्रि–फ्याब घर बनाउनका लागि सामान पठाउन थालिएको छ। त्यहाँ सामान पठाउन एसवाई प्यानलको आधिकारिक डिलर समृद्ध निर्माण सेवाले काम गरिरहेको छ। नेपालमा लोकिप्रियता कमाउँदै गएको कम्पनीको उत्पादनको माग भारतका अन्य सहरबाट पनि भइरहेको कम्पनीले जनाएको छ।

एसवाई प्यानल प्रयोग गरी निर्माण गरिएका घर भूकम्पबाट सुरक्षित हुने र वातावरणमैत्री हुने भएकाले ग्राहकको रोजाइमा पर्ने गरेको कम्पनीले जनाएको छ। प्रत्यक्ष विदेशी लगानीमार्फत् सन् २०१७ देखि कम्पनीले चितवनमा प्यानल उत्पादन गर्दै आएको छ। ती प्यानलहरु कम खर्चमा सुन्दर घरहरु बनाउन प्रयोग हुन्छन्। कोरियन कम्पनी एसवाई प्यानल आठ वर्षदेखि नेपालमा सञ्चालनमा छ। कम्पनीले प्रि–फ्याब घर निर्माणका लागी ईपीएस प्यानल, स्यान्डविच, पफ प्यानलहरु प्यानल डोर स्टिल डोर र यूपीभीसी विन्डो उत्पादन गर्दै आएको छ।

बताइए अनुसार नेपालमा वार्षिक दई अर्व भन्दा वढीको प्यानलहरु भारतलगायत तेश्रो मुलुकहरुबाट आयात हुने गरेको छ। यद्यपि नेपालमै पनि यस्ता निर्माण सामाग्री उत्पादन गर्ने कम्पनीहरु धेरै भइसकेका छन्। त्यसकारण सरकारले कच्चा पदार्थको अन्तशुल्क कर घटाई नेपाली उत्पादनलाई विदेश निर्यात गर्न बातावरण सृजना बनाउनुपर्ने माग सरोकारवालाहरुको छ।  

आयातको कारण नेपालमा व्यापारघाटा बढ्दो छ। देश विप्रेषणले चलेको छ। नेपाली वस्तुको निर्यातका लागि सरकारी तथा निजी क्षेत्रबाट पहल भए पनि निर्यात बढ्न सकेको छैन। नेपाली वस्तुको निकासी तथा व्यापार प्रवर्द्धनका लागि सरकारी निकायको रूपमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीईपीसी)ले विभिन्न कार्यक्रमहरू गरिरहेको छ। तर पनि खासै उत्साहजनक छैन। त्यसकारण नेपाली सामान निर्यात गर्ने सम्भाबनाको यो क्षेत्रलाई सरकारले विशेष चासो राख्नुपर्ने सरोकारवालाहरुको भनाई छ।

प्रकाशित: २७ श्रावण २०८० ०८:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App