२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

भरतपुर कारागारबाट भागेका १२६ कैदी फर्किए, खोजी जारी

कारागार कार्यालय भरतपुरबाट भागेका कैदीबन्दी फर्कने क्रम जारी छ। बिहीबार सबै कैदी–बन्दीको घरपरिवारमा सम्पर्क गरिएको थियो। सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका छन्।

कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार अहिलेसम्म १२६ कैदीबन्दी फर्किएका छन्। उनले भने, ‘बुधबार बिहान ७४० कैदीबन्दी कारागर फोरेर भागेका थिए।’ भागेका कैदीबन्दीलाई समेत सम्पर्क गरेर तत्काल कारागार आउन भनिएको प्रमुख ढुङ्गानाले बताए।

उनले भने, ‘कति सम्पर्कमा छन्। कारागार आउने क्रम जारी छ।’ कारागारमा रहेका ४६ महिलामध्ये १५ आइसकेका छन्। कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी थिए।

प्रकाशित: २७ भाद्र २०८२ १६:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App