१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’

ऐतिहासिक एवम् सांस्कृतिक नगरी भक्तपुरको भ्रमणमा आउने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई नगरका विभिन्न स्थानहरुमा छरिएर रहेका सार्वजनिक पोखरीहरुबारे परिचित गराई पर्यटक प्रबद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ शनिबार भक्तपुरमा पोखरी पदयात्रा भएको छ।नगरभित्र रहेका पोखरीहरुलाई केन्द्रमा राखी पर्यटन प्रबद्र्धनको योजना बनाएको सम्भबतः यो पहिलो पटक हो।

पदयात्राको क्रममा भक्तपुर नगरपालिका विभिन्न ठाउँंहरुमा रहेका एक दर्जन वढी पोखरीहरुमा पैदल हिडेर नगरबासी पुगेका थिए।भक्तपुर नगरपालिका वडा नं ९ लामग पुखु (भक्तपुरको नवदुर्गा क्याम्पस कमलविनायकको पोखरी) बाट सुरु भएको पदयात्रा भक्तपुर नगरपालिका वडा नं १० सल्लाघारीस्थित ऐतिहासिक रानीपोखरीमा पुगेर टुंगिएको थियो।दिउँंसो १ बजेबाट सुरु भएको पदयात्रा साँंझ समापन भएको थियो।

पदयात्राको नेतृत्व भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशीलगायतले गरेका थिए।पदयात्रामा हजारौं नगरबासीको सहभागिता रहेको थियो।बाजागाजाका साथ हजारौंको सहभागिता रहेको पदयात्रा वडावडाका पोखरीहरुमा पुगेर रोकिने गरेको थियो।एउटा वडाको पोखरीबाट अर्काे वडामा पुगेपछि टोलीलाई आआफनो वडाका वडा अध्यक्षहरुको टोलीले स्वागत गरेको थियो।साथै वडाका पोखरीहरुबारे जानकारी गराइएको थियो।पदयात्राको दुरी झण्डै पाँंच किलोमिटरको थियो।  

प्रकाशित: २० श्रावण २०८० १६:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App