१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

करेन्ट लागेर एक महिलाको मृत्यु

भक्तपुरमा करेन्ट लागेर शुक्रबार एकजना महिलाको मृत्यु भएको छ।

जिल्लाको सूर्यविनायक नगरपालिका ४ बालकोट पानी ट्याङ्की नजिक लोकनाथ लुइटेलको घरमा डेरा गरी बस्ने काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका वडा नं. ५ स्थायी घर भएकी वर्ष ६१ की डुलमाया गौतमको मृत्यु भएको हो।

भुँई तलामा गई मेशिनबाट पानी तान्ने क्रममा एक्कासी करेन्ट लागेर उनी घाइते भएकी थिइन्। करेन्ट लागेपछि गम्भिर घाइते भएको अवस्थामा रहेको उनलाई आफनै छोरा सुमन गौतमले देखेपछि तत्काल उपचारको लागि मध्यपुर अस्पताल लगिएको थियो।

त्यहाँं अस्पतालको चिकित्सकले मृत्यु घोषणा प्रहरीले जनाएको छ। 

प्रकाशित: १९ श्रावण २०८० ०८:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App